BIZMANDU
www.bizmandu.com

प्रुडेन्सियल र आइएमई जनरलको एकीकृत कारोबार सुरु, ५ अर्ब पुँजी र २.५ अर्ब बीमाशुल्क

२०८० बैशाख २७

प्रुडेन्सियल र आइएमई जनरलको एकीकृत कारोबार सुरु, ५ अर्ब पुँजी र २.५ अर्ब बीमाशुल्क
प्रुडेन्सियल र आइएमई जनरलको एकीकृत कारोबार सुरु, ५ अर्ब पुँजी र २.५ अर्ब बीमाशुल्क


काठमाडौं। मर्जरमा गएका प्रुडेन्सियल र आइएमई जनरल इन्स्योरेन्सले बुधबारदेखि एकीकृत कारोबार सुरु गरेका छन्।

Tata
GBIME
NLIC

मर्जरपछि बनेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेको कम्पनीले जनाएको छ। नयाँ कम्पनीको अध्यक्षमा आइएमई जनरलका अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृतमा युगेश भक्त वादे श्रेष्ठ नै छन्।

मर्जपछि बन्ने नयाँ कम्पनीको संयुक्त चुक्ता पुँजी ३ अर्ब नाघेको छ। आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ र प्रुडेन्सियल इन्स्योरेन्सको १ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी एकीकृत भएको हो।

दुई कम्पनीबीच गत माघ २९ गते सेयर अनुपात १:१ कायम रहने गरी मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

एकीकृत जगेडा र सञ्चित मुनाफा कोष ५१ करोड २४ रुपैयाँ पुगेको छ। बीमा कोषमा १ अर्ब ३५ करोड रुपैयाँ सञ्चित हुन्छ। संयुक्त कारोबारपछि कम्पनीको कुल पुँजी ४ अर्ब ९२ करोड रुपैयाँ पुगेको हो।

पछिल्लो त्रैमासको वित्तीय विवरण अनुसार आइएमई जनरल इन्स्योरेन्सको कुल बीमा शुल्क संकलन १ अर्ब ४२ करोड रुपैयाँ छ। त्यहीँ प्रुडेन्सियलले १ अर्ब ४ करोड आर्जन गरेको छ। संयुक्त कारोबारले बीमा शुल्क आर्जन २ अर्ब ४६ करोड रुपैयाँ पुग्दैछ। कम्पनीको कूल जारी बीमा लेखको संख्या झन्डै २ लाख पुगेको छ।