BIZMANDU
www.bizmandu.com

बीमाशुल्कमा कमी आए पनि एसियन लाइफको नाफा बढ्यो, बीमालेख कर्जा र अन्य स्रोतको आय

२०८० बैशाख २७

बीमाशुल्कमा कमी आए पनि एसियन लाइफको नाफा बढ्यो, बीमालेख कर्जा र अन्य स्रोतको आय
बीमाशुल्कमा कमी आए पनि एसियन लाइफको नाफा बढ्यो, बीमालेख कर्जा र अन्य स्रोतको आय

काठमाडौं। एसियन लाइफ इन्स्योरेन्सको नाफा बढेको छ। बीमा शुल्क आर्जनमा कमी आए पनि बीमालेख कर्जाको आय र अन्य स्रोतको आम्दानी बढ्दा नाफामा बढोत्तरी भएको हो।

Tata
GBIME
Nepal Life

इन्स्योरेन्सले चालु आवको चैत मसान्तसम्म १९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन पोहोरभन्दा ५.८२ प्रतिशत बढी हो।

इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन घटेर ५ अर्ब ८ करोड रुपैयाँमा सीमित छ। पोहोर ५ अर्ब ११ करोड रुपैयाँ आर्जन गरेको थियो। 

तर बीमालेख धितोबापत उपलब्ध गराएको कर्जाबाट इन्स्योरेन्सले २६ करोड ३३ लाख रुपैयाँ आम्दानी गर्‍यो। यो पोहोर चैतभन्दा ५८ प्रतिशत बढी हो। त्यही बीमालेख धितोमा दिने कर्जा २९.३१ प्रतिशत बढेको छ।

त्यसैगरी अल्पकालीन कर्जा तथा लगानी चालु सम्पत्तिमार्फत् २ अर्ब ९ करोड रुपैयाँ आर्जन गरेको छ। कम्पनीले अभिकर्ताहरुलाई ५२ करोड १७ लाख रुपैयाँ कमिसन दिएको छ। यो भने पोहोरभन्दा १६ प्रतिशत कम हो।

हालसम्म इन्स्योरेन्सले ५ अर्ब १२ करोडको दाबी बापत भुक्तानी दिइसकेको छ। ४ करोड १२ लाख रुपैयाँ बापतको दाबी भुक्तानी हुन भने अझै बाँकी नै छ।

चैतसम्म इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ छ भने जगेडा तथा सञ्चित मुनाफा ४९ करोड ७७ लाख रुपैयाँ छ। कम्पनीको जीवन बीमा कोषमा ३६ अर्ब ५४ करोड रुपैयाँ सञ्चित छ।

इन्स्योरेन्सको प्रति सेयर आम्दानी ८.७३ रुपैयाँ र प्रति सेयर नेटवर्थ १२३.०३ रुपैयाँ कायम छ।