BIZMANDU
www.bizmandu.com

सरकारले एकैपटक गर्‍यो ४४ जना सहसचिवको सरुवा, चक्रबहादुर बुढा पर्यटन मन्त्रालयमा

२०८० बैशाख २६

सरकारले एकैपटक गर्‍यो ४४ जना सहसचिवको सरुवा, चक्रबहादुर बुढा पर्यटन मन्त्रालयमा
सरकारले एकैपटक गर्‍यो ४४ जना सहसचिवको सरुवा, चक्रबहादुर बुढा पर्यटन मन्त्रालयमा

काठमाडौं। सरकारले एकैपटक ४४ जना सहसचिवको सरुवा गरेको छ। वैशाख २० गते सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय सरुवा गरिएको छ। गृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालालाई लोकसेवा आयोग सरुवा गरिएको छ।

जलस्रोत तथा ऊर्जा विकास कार्यालय, कर्णाली प्रदेशको मन्त्रालयका सहसचिव  देवराज निरौलालाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय पठाइएको छ।

अतिरिक्त नवनियुक्त सहसचिवहरुको समेत पदस्थापन गरिएको छ।