BIZMANDU
www.bizmandu.com

युनिक नेपाल लघुवित्तले पायो एफपीओ ल्याउन स्वीकृति, बोर्ड ५ वर्षपछि फेरि प्रक्रियामा  

२०८० बैशाख २५

युनिक नेपाल लघुवित्तले पायो एफपीओ ल्याउन स्वीकृति, बोर्ड ५ वर्षपछि फेरि प्रक्रियामा  
युनिक नेपाल लघुवित्तले पायो एफपीओ ल्याउन स्वीकृति, बोर्ड ५ वर्षपछि फेरि प्रक्रियामा  


काठमाडौं। नेपाल धितोपत्र बोर्डले एफपीओ (फर्दर पब्लिक अफरिङ) ल्याउन चाहने कम्पनीलाई स्वीकृति दिन पुनः सुरु गरेको छ। बोर्डले पाँच वर्षपछि पुनः थालेको प्रक्रियामा युनिक नेपाल लघुवित्तलाई एफपीओ निष्कासनको स्वीकृति दिएको छ।

Tata
GBIME
NLIC

यसअघि २०७५ असार ३२ गते सिटिजन्स बैंकलाई बोर्डले एफपीओ ल्याउने अनुमति दिएको थियो। त्यसयता विभिन्न नीतिगत फेरबदल, प्रिमियममा एफपीओ निष्कासनका लागि प्रक्रिया नपुर्‍याएका कारण तथा मर्जरका कारण एफपीओ अनुमति प्रक्रिया रोकिएको थियो।

युनिक नेपाल लघुवित्तले ३ करोड ७९ लाख ४५ हजार २०० रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ जारी गर्ने भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार एफपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गरिने छ।

हाल यस कम्पनीको नेप्सेमा युनिकको ११ लाख ६ हजार ३२५ कित्ता सेयर सूचीकृत छ। उक्त सेयरमध्ये ६ प्रतिशतले हुन आउने ६६ हजार ३०० कित्ता मात्र सर्वसाधारणको छ।

एफपीओ जारीपछि लघुवित्तको चुक्ता पुँजी ११ करोड ६ लाखबाट १४ करोड ८५ लाख पुग्ने छ। सोमबार समाचार तयार पार्दासम्म नेप्सेमा युनिक नेपाल लघुवित्तको सेयर प्रति कित्ता १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ।