BIZMANDU
www.bizmandu.com

माइतीघर र न्यूरोड गेटबाट हटाउन थालियो पोलका लथालिंग तार, बिहानैदेखि प्राविधिकहरु फिल्डमा

२०८० बैशाख २५

माइतीघर र न्यूरोड गेटबाट हटाउन थालियो पोलका लथालिंग तार, बिहानैदेखि प्राविधिकहरु फिल्डमा
माइतीघर र न्यूरोड गेटबाट हटाउन थालियो पोलका लथालिंग तार, बिहानैदेखि प्राविधिकहरु फिल्डमा

काठमाडौं। आइतबारको समझदारीपछि काठमाडौंको माइतीघर र न्यूरोड गेटबाट अव्यवस्थित तार हटाउने काम सुरु भएको छ।

Tata
GBIME
Nepal Life

सोमबार बिहानैबाट इन्टरनेट सेवा प्रदायक, काठमाडौं महानगरपालिकाको नगर प्रहरी बल, विद्युत प्राधिकरण, दूरसंचार प्राधिकरण, नेपाल टेलिकम, नेपाल प्रहरीलगायतका सरोकारवालाहरुको टोलीले संचालनमा रहेका तारमा चिह्‍न लगाउने र अनावश्यक तार हटाउन थालेका छन्।

अहिले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुका प्राविधिकहरुले आवश्यक तारलाई जोगाउँदै अनावश्य तार हटाउन थालेका छन्।
आइतबार काठमाडौं महानगरपालिका, नेपाल दूरसंचार प्राधिकरण, इन्टरनेट सेवा प्रदायकसहित सरोकारवालाहरुबीच भएको छलफलले सोमबारबाटै अव्यवस्थित तार हटाउने समझदारी कायम गरेको थियो।

सोमबारबाट माइतीघर-नयाँ बानेश्वर हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र न्यूरोड गेट-हनुमानढोका हुँदै असनसम्मको कोर एरियामा टाँगिएका अव्यवस्थित तार हटाउन सुरु गरिएको छ।

अव्यवस्थित तार हटाउन विभिन्न १० वटा रुट तयार गरिएको छ। जसअन्तर्गत सोमबारबाट दुईवटा रुटमा काम सुरु गरिएको छ। जनशक्तिको उपलब्धता हेरेर सबै रुटमा रहेका तार व्यवस्थापन गर्दै जाने इन्टरनेट सेवा प्रदायकहरुको भनाइ छ।

काठमाडौं महानगरपालिकाले प्रमुखस्तरीय निर्णय गर्दै वैशाख १२ गते सहरभर टाँगिएका अनावश्यक तार हटाउने सूचना निकालेको थियो। काठमाडौंका पोलमा टाँगिएका करिब ७० प्रतिशत तार अनावश्यक भएको भन्दै महानगरले १५ दिनभित्र सडक किनारामा छाडिएका अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा संकेत चिह्न लगाउन भनेको थियो।

१५ दिनको डेडलाइन सकिनुअघि नै तार व्यवस्थापनको काम सुरु भएको हो।

महानगरका मेयर बालेन शाहले अव्यवस्थित तारहरुका कारण सहरमा आगलागीको जोखिम उच्च रहेको भन्दै तार हटाउनुपर्ने बताउँदै आएका छन्।

उनले गत वर्ष मात्रै अव्यवस्थित तारहरुका कारण ५३ ठाउँमा आगलागीका घटना भएको भन्दै जसरी पनि लथालिंग तार हटाउने मुडमा छन्।