BIZMANDU
www.bizmandu.com

सुनको कारोबार मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो, चाँदी १४४५ मा स्थिर

२०८० बैशाख २४

सुनको कारोबार मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो, चाँदी १४४५ मा स्थिर
सुनको कारोबार मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो, चाँदी १४४५ मा स्थिर


काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य घटेको छ। आइतबार तोलामा १२ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME

अघिल्लो दिनभन्दा १२ सय रुपैयाँ बढ्दा शुक्रबार प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको थियो।

चाँदीको मूल्य अन्तर्राष्‍ट्रिय बजारमा घटे पनि स्थानीय बजारमा भने स्थिर छ। चाँदी तोलामा २० रुपैयाँले बढ्दै प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतिऔंस २०१६.८७ डलरमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतिऔंस २५.५६ डलर छ।

शुक्रवार सुनको मूल्य बढ्दै प्रतिऔंस २०५०.०१ डलर र चाँदी प्रतिऔंस २६.०१ डलर पुगेको थियो।