BIZMANDU
www.bizmandu.com

अप्पर स्याङ्गे हाइड्रोपावरको सेयर जेठ १ गतेदेखि रोजगारीमा गएका र प्रभावितलाई जारी

२०८० बैशाख २४

अप्पर स्याङ्गे हाइड्रोपावरको सेयर जेठ १ गतेदेखि रोजगारीमा गएका र प्रभावितलाई जारी
अप्पर स्याङ्गे हाइड्रोपावरको सेयर जेठ १ गतेदेखि रोजगारीमा गएका र प्रभावितलाई जारी

काठमाडौं। अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि साधारण सेयर जारी गर्ने भएको छ।

Tata
GBIME

कम्पनीले जेठ १ गतेदेखि १६ गतेसम्म सेयर जारी गर्ने छ। १०० रुपैयाँ अंकित दरका सेयरमा प्रभावितले बढीमा एक लाख र रोजगारीमा गएकाले बढीमा ५० हजार कित्तासम्म आवेदन दिन सक्छन्। कम्तीमा १० कित्ताका लागि आवेदन दिनुपर्ने हुन्छ।

कम्पनीको जारी पुँजी २२ करोड रुपैयाँको १० प्रतिशत सेयर जारी गर्न लागिएको हो। कम्पनीको कुल लागत ५० करोड ४८ लाख रुपैयाँ छ। प्रति मेगावाट लागत २१ करोड ३ लाख रुपैयाँ अनुमान गरिएको छ।