BIZMANDU
www.bizmandu.com

सुनचाँदीको कारोबार मूल्य अन्तर्राष्ट्रिय बजारमा झिनो वृद्धि, स्थानीय बजारमा स्थिर

२०८० बैशाख २२

सुनचाँदीको कारोबार मूल्य अन्तर्राष्ट्रिय बजारमा झिनो वृद्धि, स्थानीय बजारमा स्थिर
सुनचाँदीको कारोबार मूल्य अन्तर्राष्ट्रिय बजारमा झिनो वृद्धि, स्थानीय बजारमा स्थिर

काठमाडौं। दुई दिनयता उकालो लागेको सुनको मूल्य शुक्रबार स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भए पनि स्थानीय बजारमा भने घटबढ भएको छैन।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवारका सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइहरेको छ। अघिल्लो दिनभन्दा १२ सय रुपैयाँ बढ्दा सुन उक्त मूल्यमा आइपुगेको हो।

शुक्रवार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँ छ। तोलामा २० रुपैयाँ बढेर उक्त मूल्य कायम भएको हो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनचाँदी दुवैमा अघिल्लो दिनभन्दा वृद्धि छ। सामान्य बढोत्तरीसहित सुन प्रतिऔंस २०४७.८९ डलर छ। बिहीबार प्रतिऔंस २०४५.७ डलर थियो।

चाँदी प्रतिऔंस २५.९९ डलरमा कारोबार भइरहेको छ। बिहीबार २५.७६ डलर थियो।