BIZMANDU
www.bizmandu.com

आइएमइ लाइफ इन्स्योरेन्सको बीमाशुल्क असुली ३ अर्ब पुग्यो, नाफा ७८ प्रतिशतले वृद्धि

२०८० बैशाख २०

आइएमइ लाइफ इन्स्योरेन्सको बीमाशुल्क असुली ३ अर्ब पुग्यो, नाफा ७८ प्रतिशतले वृद्धि
आइएमइ लाइफ इन्स्योरेन्सको बीमाशुल्क असुली ३ अर्ब पुग्यो, नाफा ७८ प्रतिशतले वृद्धि

काठमाडौं। आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीको बीमाशुल्क असुली बढ्दा नाफामा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नाफा ७८ प्रतिशतले बढेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले यो अवधिमा १८ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष कम्पनीले १० करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीको बीमाशुल्क २१ प्रतिशतले वृद्धि भएको छ। यो तेस्रो त्रैमासमा २ अर्ब ९८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।गत वर्ष २ अर्ब ३७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो।

त्यस्तै कम्पनीले तेस्रो त्रैमाससम्म ७९ करोड ३६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष सो अवधिमा कम्पनीले ६२ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो। गत वर्षभन्दा दाबी भुक्तानी २७ प्रतिशतले बढी हो।

लगानी, कर्जा तथा अन्यबाट ४३ करोड रुपैयाँ आय गरेको छ। बीमालेख धितोमा कर्जाबाट ३६ करोड रुपैयाँ आर्जन भएको छ। कम्पनीको अभिकर्ता कमिसन भने गत वर्षभन्दा घटेको छ। गत वर्ष ३९ करोड रुपैयाँ रहेको अभिकर्ता कमिसन रहेकोमा अहिले घटेर ३२ करोड रुपैयाँमात्र खर्च गरेको छ।

कम्पनीले व्यवस्थापनमा ३ करोड खर्चिएको छ। चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा एक अर्ब १० करोड रुपैयाँ सञ्चित छ। जीवन बीमा कोषमा ६ अर्ब रुपैयाँ र महाविपत्ति कोषमा १२ करोड रुपैयाँ जम्मा छ।

तेस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ८.३९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४३.६७ रुपैयाँ छ।