BIZMANDU
www.bizmandu.com

स्टकको लाइसेन्स दिनुअघि धमाधम ब्रोकरलाई एलओआई, कुन-कुन कम्पनीले पायो ?

२०८० बैशाख १८

स्टकको लाइसेन्स दिनुअघि धमाधम ब्रोकरलाई एलओआई, कुन-कुन कम्पनीले पायो ?
स्टकको लाइसेन्स दिनुअघि धमाधम ब्रोकरलाई एलओआई, कुन-कुन कम्पनीले पायो ?

काठमाडौं। नेपाल धितोपत्र बोर्डले १६ वटा नयाँ ब्रोकर कम्पनीलाई आशय पत्र दिएको छ। बिहान बसेको संचालक समिति बैठकले पहिलो चरणमा नयाँ लाइसेन्स दिनेगरी एलओआई दिएको प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बिजमाण्डूसँग भने, ‘पहिलो चरणमा हेरिएका फाइलहरु हुन्। अरु पनि चरणबद्ध रुपमा हेर्न थालिएको छ।’

Tata
GBIME
Nepal Life

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिनुअघि बोर्डले धमाधम ब्रोकरलाई एलओआई दिन थालेको छ। स्रोतका अनुसार नयाँ स्टकको लाइसेन्स दिनुअघि आवेदन दिएका सबै कम्पनीले एलओआई पाउनेछन्।

बोर्डले ७ वटा संस्थागत लगानीका कम्पनीलाई एलओआई दिएको हो। बाँकी ९ वटा व्यक्तिगत लगानी रहेका छन्। 

नबिल बैंकको सहायक कम्पनी नबिल सेक्युरिटिजले धितोपत्र व्यापारी(स्टक डिलर)को लागि एलओआई पाएको हो। त्यस्तै मेघा स्टक मार्केटले फुल ब्रोकर लाइसेन्स पाएको छ। बाँकी सबै सीमित कार्य गर्ने कम्पनी छन्।

बोर्डले कोटा खारेज गरेर फ्री इन्ट्री फ्री एक्जिट प्रणालीमा निवेदन मागेपछि कुल ४६ वटा कम्पनीले आवेदन बुझाएका थिए। जसमध्येका १६ जनालाई बोर्डले सोमबार एलओआई दिएको हो। 

नबिल सेक्युरिटिजले स्टक डिलरका लागि आवेदन दिएको थियो भने। यस्तै पूर्ण कार्य गर्ने ब्रोकरका लागि मेगा वाहेक हिमालयन सेक्युरिटिज लिमिटेड, सनी सेक्युरिटिज लिमिटेड र सेन्चुरी सेक्युरिटिज लिमिटेडले आवेदन दिएका छन्।

बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि गत असोज २ गते एक सूचना जारी गर्दै ३० दिन भित्र आवेदन पेस गर्न आह्वान गरेको थियो। बोर्डले धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावलीलाई पाँचौ पटक संशोधन गरी थप नयाँ ब्रोकर कम्पनीहरुका लागि दर्खास्त आह्वान गरेको थियो।

संशोधित नियमावली अनुसार बोर्डले ब्रोकर कम्पनीहरुलाई तीन तहमा विभाजन गरेको छ। सोही अनुसार चुक्ता पुँजी पनी फरक छ। जसमध्ये सीमित कार्य गर्ने ब्रोकर कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ, पूर्ण कार्यलाई ६० करोड रुपैयाँ र स्टक डिलरलाई डेढ अर्ब रुपैयाँ निर्धारण गरेको छ।