BIZMANDU
www.bizmandu.com

सुनको मूल्य तोलामा २ सयले घट्यो, चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा स्थिर

२०८० बैशाख १८

सुनको मूल्य तोलामा २ सयले घट्यो, चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा स्थिर
सुनको मूल्य तोलामा २ सयले घट्यो, चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा स्थिर

काठमाडौं। साताको पहिलो दिन सामान्य बढेको सुनको मूल्य सोमबार थोरै घटेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा २ सय रुपैयाँले घटेको हो।

Tata
GBIME

सोमबार सुनको कारोबार मूल्य प्रतितोला एक लाख ९ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुन तोलामा एक सय रुपैयाँले बढ्दा प्रतितोला एक लाख ९ हजार २ सय रुपैयाँ थियो।

चाँदीको मूल्य सोमबार प्रतितोला १४ सय १५ रुपैयाँमा स्थिर छ। आइतबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १९८२.८८ डलरमा कारोबार भइरहेको छ। यसैगरी चाँदी प्रतिऔंस २५.०८ डलरमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतिऔंस १९८९.७८ डलर र चाँदी प्रतिऔंस २५.०६ डलर थियो।