BIZMANDU
www.bizmandu.com

१७ मेगावाटको माथिल्लो मैलुङ ‘बी’ निर्माण तयारी, २०८३ चैतसम्म विद्युत उत्पादनको लक्ष्य  

२०८० बैशाख १७

१७ मेगावाटको माथिल्लो मैलुङ ‘बी’ निर्माण तयारी, २०८३ चैतसम्म विद्युत उत्पादनको लक्ष्य  
१७ मेगावाटको माथिल्लो मैलुङ ‘बी’ निर्माण तयारी, २०८३ चैतसम्म विद्युत उत्पादनको लक्ष्य  


काठमाडौं। रसुवाको मैलुङ खोलामा सम्भाव्यता अध्ययन भएको १७ मेगावाटको माथिल्लो मैलुङ ‘बी’ जलविद्युत आयोजना निर्माणको तयारी अघि बढेको छ।

Tata
GBIME
NLIC

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आयोजना अघि बढाएको हो। प्रस्तावित आयोजना रसुवाको उत्तरगया गाउँपालिका हुँदै बग्ने मैलुङ खोलामा निर्माण हुनेछ।

विद्युत विकास विभागले सूचना निकालेर यो आयोजना निर्माण र संचालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न सरोकारवाला निकायहरुलाइ आग्रह गरेको छ।

यो आयोजनाको सम्भाव्यता अध्ययन २०२१ मा नै भएको हो। प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनसमेत तयार भइसकेको छ।

यो नदी बहावमा आधारित आयोजना हो। जसबाट वार्षिक १०१.२ गिगावाट आवर विद्युत उत्पादन हुनेछ।

आयोजनाका मुख्य भौतिक संरचनाहरु मैलुङ खोलाको दायाँ किनारमा हुनेछन्। हेडरेस सुरुङ करिब ३४६२.५० मिटरको हुनेछ।  २२४ मिटर ठाडो र ५१ मिटर तेर्सो पेनस्टक पाइप राखिनेछ। भूमिगत विद्युतगृह निर्माण प्रस्ताव गरिएको छ।

उत्पादित विद्युतलाई ११ किमि १३२ केभीए सिंगल सर्किट प्रसारणलाइनमार्फत त्रिशूली थ्री-बी हब सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ।

यो आयोजनाबाट २०८३ चैतसम्ममा सम्पन्न गर्ने लक्ष्य छ।