BIZMANDU
www.bizmandu.com

डिजिटल भुक्तानीमा योगदान पुर्‍याएको कनेक्ट आइपीएसलाई राष्ट्र बैंकको सम्मान

२०८० बैशाख १५

डिजिटल भुक्तानीमा योगदान पुर्‍याएको कनेक्ट आइपीएसलाई राष्ट्र बैंकको सम्मान
डिजिटल भुक्तानीमा योगदान पुर्‍याएको कनेक्ट आइपीएसलाई राष्ट्र बैंकको सम्मान


काठमाडौं। नेपाल राष्ट्र बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले गरेको कामको प्रशंसा गर्दै सम्मान गरेको छ।

Tata
GBIME
NLIC

नेपालको विद्युत्तीय भुक्तानी प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै राष्ट्र बैंकले ६८औं बार्षिकोत्सवको अवशरमा एनसीएचएलको कनेक्ट आइपीएस प्रणालीले खेलेको भूमिकालाई कदर गर्दै सम्मान गरेको हो।

राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाल क्लियरिङ्ग हाउसलाई प्रशंसापत्र प्रदान गरेका छन्।

राष्ट्र बैंकले चालू आर्थिक वर्षलाई विद्युत्तीय भुक्तानी प्रवर्द्धन वर्षको रुपमा मनाउँदै आएको छ। वार्षिकोत्सवको विशेष अवसरका दिनमा डिजिटल भुक्तानी प्रणालीका सेवाहरु संचालन गर्दै आइरहेका विभिन्न संघ संस्थाहरुलाई राष्ट्र बैंकले सम्मान गरेको हो।

कनेक्ट आइपीएस प्रणालीले नेपालको रिटेल भुक्तानीको क्षेत्रमा खेलेको उल्लेख्य भूमिका र यस मार्फत गर्दै आएको विद्युत्तीय भुक्तानी कारोबारले पारेको प्रभावलाई उच्च मूल्याङ्कन गरी उक्त प्रशंसापत्र प्रदान गरिएको जनाएको छ।

राष्ट्र बैंकले गरेको सम्मानले एनसीएचएललाई आफूले गर्दै आएका कामप्रति थप जिम्मेवारी बोध गराएको विज्ञप्तिमा उल्लेख छ।

आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्म कनेक्ट आइपीएसमार्फत २८.४९ खर्ब रुपैयाँको कारोबार फर्छ्यौट गरेको छ।