BIZMANDU
www.bizmandu.com

‘आर्थिक वृद्धिदर औसत स्तरमा रहन्छ, नेपालका बैंकको वित्तीय स्थिति सुदृढ छ’

२०८० बैशाख १५

‘आर्थिक वृद्धिदर औसत स्तरमा रहन्छ, नेपालका बैंकको वित्तीय स्थिति सुदृढ छ’
‘आर्थिक वृद्धिदर औसत स्तरमा रहन्छ, नेपालका बैंकको वित्तीय स्थिति सुदृढ छ’


काठमाडौं। गभर्नर महाप्रसाद अधिकारीले महँगीको दर बढ्दो भए पनि मुलुकको आर्थिक वृद्धिदर औसत स्तरमा रहने बताएका छन्।

Tata
GBIME
NLIC

नेपाल राष्ट्र बैंकको वार्षिकोत्सव समारोहमा बिहीबार उनले मुलुकका बैंकहरुको वित्तीय स्थिति सृदृढ रहेको बताए।

उनका अनुसार, बैंकहरुको जोखिम भारित सम्पत्तिको १२.९ प्रतिशत कुल पुँजीकोष छ। बैंकिङ प्रणालीको कर्जा असुलीमा पनि केही दबाब परेको उनले बताए।

बैंक तथा वित्तीय संस्थाको कुल निष्कृय कर्जा अनुपात २.६ प्रतिशत छ। संस्थाहरुको तरल सम्पत्ति कुल निक्षेपको २४.३ प्रतिशत छ। 

आयातमा कमी आउँदा चालु आर्थिक वर्षमा सरकारको राजस्व संकलन भने गत वर्षभन्दा घटेको छ। राजस्व परिचालन कमजोर र बढ्दो सरकारी चालु खर्चले गर्दा सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण बनेको हो।