BIZMANDU
www.bizmandu.com

२.४ मेगावाटको आयोजना बनाइरहेको अपर स्याङगे हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

२०८० बैशाख १४

२.४ मेगावाटको आयोजना बनाइरहेको अपर स्याङगे हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने
२.४ मेगावाटको आयोजना बनाइरहेको अपर स्याङगे हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने


काठमाडौं। अपर स्याङगे हाइड्रोपावरले आइपीओ निष्कासनका लागि स्वीकृति पाएको छ। नेपाल धितोपत्र बोर्डले गत चैत ३० गते कम्पनीलाई आइपीओ निष्कासनको लागि स्वीकृति दिएको हो।

Tata
GBIME
NLIC

कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणलाई गरेर कुल ८ करोड ७० लाख रुपैयाँको आइपीओ जारी गर्नेछ। 

आइपीओको अंकित मूल्य १०० रुपैयाँ छ। जसअनुसार जम्मा ८ लाख ७० हजार कित्ता सेयर निष्कासन हुनेछ।

कम्पनीले लमजुङ जिल्लामा अपर स्याङगे हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ। आयोजनाको जडित क्षमता २.४ मेगावाट हुनेछ।