BIZMANDU
www.bizmandu.com

हिमाल दोलखा हाइड्रोपावरले पुँजी थप्दै, सेयरधनीले कति पैसा हाल्दैछन्?

२०८० बैशाख १४

हिमाल दोलखा हाइड्रोपावरले पुँजी थप्दै, सेयरधनीले कति पैसा हाल्दैछन्?
हिमाल दोलखा हाइड्रोपावरले पुँजी थप्दै, सेयरधनीले कति पैसा हाल्दैछन्?

काठमाडौं। हिमाल दोलखा हाइड्रोपावरको ७५ प्रतिशत हकप्रद नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेको छ। 

Tata
GBIME

कम्पनीले कायम चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रदका लागि निवेदन दिएको थियो। सो निवेदन सेबोनले गत चैत २९ गते स्वीकृत गरेको थियो। 

कम्पनीले एक करोड २० लाख कित्ता हकप्रद निष्कासनको अनुमति पाएको छ। अहिले कम्पनीको चुक्ता पुँजी एक अर्ब ६० करोड रुपैयाँ छ।

कम्पनीका कायम सेयरधनीले प्रत्येक एक कित्ता बराबर ०.७५ कित्ता हकप्रदका लागि आवेदन दिन सक्नेछन्। हकप्रद बिक्री गरेपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ।