BIZMANDU
www.bizmandu.com

स्वास्थ्य बीमा बोर्डले माग्यो करार सेवामा ५५ जना जनशक्ति, १५ दिनभित्र आवेदन दिनुपर्ने

२०८० बैशाख १४

स्वास्थ्य बीमा बोर्डले माग्यो करार सेवामा ५५ जना जनशक्ति, १५ दिनभित्र आवेदन दिनुपर्ने
स्वास्थ्य बीमा बोर्डले माग्यो करार सेवामा ५५ जना जनशक्ति, १५ दिनभित्र आवेदन दिनुपर्ने

काठमाडौं। स्वास्थ्य बीमा बोर्डले करार सेवामा जनशक्ति मागेको छ। बोर्डले दर्ता अधिकारी (ना.सु.वा पाँचौ तह सरह) पदका लागि ५५ जना जनशक्ति माग गरेको हो।

Tata
GBIME
Nepal Life

सो पदका लागि उम्मेदवारले मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। करार जनशक्तिले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका जिल्लाहरु तथा स्थानीय तहहरुमा काम गर्नुपर्ने बोर्डले जनाएको छ।

आवेदन दिनका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिला उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।

आवेदकले ५०० सय रुपैयाँ दस्तुर तिरेर स्वास्थ्य बीमा बोर्डमा दरखास्त बुझाउनुपर्ने बताइएको छ। परीक्षा लिखित, कम्पुटर सीप परीक्षण तथा अन्तर्वार्ता हुनेछ।

बोर्डले २०८० असार २ गतेका लागि परीक्षा तोकेको छ। उम्मेदवारहरुले सूचना प्रकाशन भएको १५ दिनभित्र आवेदन दिनु बोर्डले जनाएको छ।