BIZMANDU
www.bizmandu.com

कुमारी बैंकको साढे २९ लाख संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य ११९ रुपैयाँमा लिलाम गर्ने

२०८० बैशाख १४

कुमारी बैंकको साढे २९ लाख संस्थापक सेयर बिक्रीमा,  न्यूनतम मूल्य ११९ रुपैयाँमा लिलाम गर्ने
कुमारी बैंकको साढे २९ लाख संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य ११९ रुपैयाँमा लिलाम गर्ने


काठमाडौं। कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ। सेयर शिलबन्दी बोलकबोल मार्फत् बिक्री हुने जनाएको छ। 

Tata
GBIME
NLIC

बैंकका विद्यमान संस्थापकले २९ लाख ६५ हजार ४२० कित्ता सेयर लिलामिमा राखेका हुन्। इन्छुक जो-कोही व्यक्ति अथवा संस्थाले आवेदन दिन सक्नेछ।

सेयरको न्यूनतम मूल्य ११९ रुपैयाँ तय भएको छ। सो मूल्यभन्दा कममा बोलकबोल पेश गर्न पाइने छैन।

यस्तै न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ। अधिकतम सम्पूर्ण कित्ता खरिद गर्न पाइन्छ।

भोलिबाट बोलकबोल पेश गर्न मिल्ने बैंकले जनाएको छ। आवेदन दिने अन्तिम म्याद जेठ २ गते हो।