BIZMANDU
www.bizmandu.com

कामना सेवा विकास बैंकको प्रमुख कार्यकारीमा थकाली नियुक्त, चार बर्षका लागि जिम्मेवारी

२०८० बैशाख १४

कामना सेवा विकास बैंकको प्रमुख कार्यकारीमा थकाली नियुक्त, चार बर्षका लागि जिम्मेवारी
कामना सेवा विकास बैंकको प्रमुख कार्यकारीमा थकाली नियुक्त, चार बर्षका लागि जिम्मेवारी


काठमाडौं। कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिनेश थकाली नियुक्त भएका छन्। 

Tata
GBIME
NLIC

उनले जेठ १४ बाट बैंकमा कार्यभार सुरु गर्ने बताए। चार बर्षका लागि थकाली प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन्।

प्रभु बैंकको नायव महाप्रबन्धक रहेका थकालीसँग अन्य दुई संस्था नेतृत्व गरेको अनुभव छ।

प्रभु क्यापिटलमा प्रबन्ध निर्देशक भएर उनले २ बर्ष बिताएका थिए। यसबाहेक साङ्ग्रिला डेभलपमेन्ट बैंकमा पनि उनी कामु प्रमुख कार्यकारी अधिकृत भएका थिए।

साङ्ग्रिलाबाट उनी प्रभु बैंक आएका थिए। बैंककै सहायक कम्पनी प्रभु क्यापिटलमा दुई बर्ष बिताएपछि उनलाई उच्च ब्यवस्थापनले एक महिना अगाडि मात्र प्रमुख ब्यवसाय अधिकृतको जिम्मेवारीसहित फिर्ता बोलाएको थियो।

चार्टर्ड एकाउन्टेन्टसमेत रहेका थकालीसँग बैंक ऋण, निक्षेप बजारीकरणदेखि पुँजी बजारसम्मको राम्रो ज्ञान छ।