काठमाडौं। साताको तेस्रो दिन सुनको मूल्यमा फेरि बढोत्तरी छ। कारोबार मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार कायम मूल्य सोमबारका तुलनामा ४ सय रुपैयाँ र आइतबारभन्दा २ सय बढी हो। साताको प्रारम्भमा प्रतितोला १ लाख ९ हजार ३ सय र सोमबार २ सय घटेर १ लाख ९ हजार १ सय रुपैयाँ भएको थियो।
लगातार बढेको सुनको कारोबार मूल्य घट्दा उल्लेख्य अंकमा गिरावट छैन। यो महिनाको सुरुवातमा तोलाको १ लाख १० हजार पुगेको थियो। त्यसको तुलनामा बुधबार कायम मूल्य ५ सय रुपैयाँले मात्रै घटी हो।
चाँदी अघिल्लो दिन कायम मूल्यमा मंगलबार स्थिर छ। गत आइतबारका तुलनामा २० रुपैयाँ घट्दा सोमबार प्रतितोला १४ सय २० रुपैयाँ भएको थियो। सुनसँगै चाँदीको भाउ पनि उच्च भएको छ।
अन्तर्राष्ट्रिय बजारमा साताको पहिलो दिनका तुलनामा दोस्रो दिन केही घटेर कारोबार भएको सुनचाँदीको मूल्य तेस्रो दिन फेरि बलियो भएको छ। सोमबार प्रतिऔंस १९७९.८१ डलर रहेको सुन मंगलबार बढेर १९९२.०८ डलरले कारोबार भइरहेको छ। गत आइतबार प्रतिऔंस १९८३.१९ डलर थियो।
चाँदी प्रतिऔंस २४.८९ डलरबाट बढेर २५.०८ डलर भएको छ। गत आइतबार चाँदी २५.०५ डलरमा कारोबार भएको थियो।