BIZMANDU
www.bizmandu.com

बुलेट बाइक उत्पादक रोयल इन्फिल्ड ३ नयाँ मोडल थप्ने तयारीमा, हिमालयन ४५० सीसीमा ल्याउने

२०८० बैशाख १२

बुलेट बाइक उत्पादक रोयल इन्फिल्ड ३ नयाँ मोडल थप्ने तयारीमा, हिमालयन ४५० सीसीमा ल्याउने
बुलेट बाइक उत्पादक रोयल इन्फिल्ड ३ नयाँ मोडल थप्ने तयारीमा, हिमालयन ४५० सीसीमा ल्याउने


काठमाडौं। बुलेट मोटरसाइकलमा चासो राख्‍नेका लागि रोयल इनफिल्डले ३ वटा नयाँ मोडल ल्याउने भएको छ। उत्पादक कम्पनीले चालु वर्ष २०२३ को अन्त्यतिर यी मोडल ल्याउन डिजाइन र आन्तरिक परीक्षण गरिरहेको अटोमोबाइल सम्बन्धी सञ्चारमाध्यमहरुले जनाएका छन्।

Tata
GBIME
Nepal Life

कम्पनीले नयाँ हिमालयन ४५०, बुलेट ३५० र शटगन ६५० ल्याउने तयारी थालेको कम्पनी स्रोतले जनाएको छ।

कम्पनीले हिमालयनलाई अपडेट गरेर ४५० सीसीमा ल्याउन लागेको स्रोतको दाबी छ। कम्पनीले यो एड्भेन्चर टूर सेग्मेन्टको नयाँ भर्सन हिमालयन ४५० विभिन्न समयमा परीक्षण गरिरहेको छ। रेगुलर हिमालयनमा ४११ सीसी इन्जिन छ भने अब आउने हिमालयनमा ४५० सीसी लिक्वीड कुल्ड इन्जिन हुने अनुमान गरिएको छ।

नयाँ जेनेरेसन बुलेट ३५० ल्याउने तयारीमा कम्पनी छ। ३५० सीसी अपडेटेड इन्जिनका साथ बुलेट ३५० ल्याउने तयारी गरेको हो। नयाँ बुलेट ३५० मा ३४९ सीसी आयल कुल्ड ओएचसी इन्जिन हुनेछ। यसले २० पीएस पावर तथा २७ एनएन टर्क उत्पादन गर्छ। नयाँ जेनेरेसन बुलेट ३५० को मूल्य हन्टर ३५० कै जति हुने अनुमान गर्न सकिन्छ।

शटगन ६५० सीसी सग्मेन्टमा कम्पनीले नयाँ मोटरसाइकल ल्याउने तयारी थालेको हो। भारतका विभिन्न स्थानमा नयाँ ६५० सीसी मोटरसाइकल परीक्षण भइरहेको तस्वीर बाहिर आइरहेको छ। रिपोर्टका अनुसार यसमा ६४८ सीसी प्यारलल ट्वीन इन्जिन हुनेछ भने २०२३ को अन्तिमसम्ममा यो मोटरसाइकल सार्वजनिक हुने अनुमान गरिएको छ।

नेपालमा रोयल इन्फिल्डको नयाँ आधिकारिक बिक्रेता त्रिवेणी ग्रुप अन्तर्गतको अल्फा अटोमोटिभले पनि यसको हिमालयन र क्लासिक मोडल नेपालमै एसेम्बली गर्ने योजनामा छ।