BIZMANDU
www.bizmandu.com

सुन तोलामा ९ सय रुपैयाँ घट्यो, आइतबार प्रतितोला १ लाख ९ हजार ३ सय

२०८० बैशाख १०

सुन तोलामा ९ सय रुपैयाँ घट्यो, आइतबार प्रतितोला १ लाख ९ हजार ३ सय
सुन तोलामा ९ सय रुपैयाँ घट्यो, आइतबार प्रतितोला १ लाख ९ हजार ३ सय


काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य घटेको छ। आइतबार लागि कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
NLIC

अघिल्लो दिनका तुलनामा ४ सय रुपैयाँले बढेर शुक्रबार प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा पुगेको थियो।

चाँदीको मूल्य दुई दिनपछि तोलामा ५ रुपैयाँ घटेको छ। आइतबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँ कायम छ। शुक्रबार प्रतितोला १४ सय ४५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुनचाँदी दुवैको मूल्य केही घटेर कारोबार भइरहेको छ। सुन प्रतिऔंस १९८३.१९ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २५.०५ डलर छ। शुक्रबार सुन प्रतिऔंस २०००.६४ डलर र चाँदी २५.१७ डलर थियो।