BIZMANDU
www.bizmandu.com

चितवन २ उपनिर्वाचन : कांग्रेस उम्मेदवारले गरे मतदान, लामिछाने र न्यौपानेले भोट हाल्न नपाउने

२०८० बैशाख १०

चितवन २ उपनिर्वाचन : कांग्रेस उम्मेदवारले गरे मतदान, लामिछाने र न्यौपानेले भोट हाल्न नपाउने
चितवन २ उपनिर्वाचन : कांग्रेस उम्मेदवारले गरे मतदान, लामिछाने र न्यौपानेले भोट हाल्न नपाउने

काठमाडौं। चितवन-२ मा उपनिर्वाचन अन्तर्गत आज मतदान भइरहेको छ। बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। मतदानका लागि बिहान सबेरैदेखि मतदान केन्द्रमा मतदाता लाइनमा बसिरहेका छन्।

Tata
GBIME
Nepal Life

चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ।

गत मंसिरमा सम्पन्न निर्वाचनमा लामिछाने यही क्षेत्रबाट विजयी भएका थिए। तर, नागरिकता विवादमा मुछिएपछि सर्वोच्च अदालतले उनको मत खारेज गरेको थियो। त्यसपछि रिक्त पदका लागि उपनिर्वाचन भइरहेको हो।

यो क्षेत्रमा मुख्य प्रतिस्पर्धी मानिएका लामिछाने र न्यौपानेले भने मतदान गर्न पाउने छैनन्। उनीहरु दुवैजना यो क्षेत्रका मतदाता होइनन्।

कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले भने चर्तुमुखी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र पुगेर मतदान गरेका छन्।

यस क्षेत्रमा ४३ स्थलका १३८ केन्द्रमा मतदान हुँदैछ। यहाँ एक लाख २४ हजार ६ सय ९५ जना मतदता छन्। ती मध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र एक जना तेस्रो लिङ्गी छन् ।