BIZMANDU
www.bizmandu.com

नेपाल टेलिकमले विद्युत प्राधिकरणको स्मार्ट मिटरलाई चाहिने डेढ लाख थान इ-सिम दिने

२०८० बैशाख ७

नेपाल टेलिकमले विद्युत प्राधिकरणको स्मार्ट मिटरलाई चाहिने डेढ लाख थान इ-सिम दिने
नेपाल टेलिकमले विद्युत प्राधिकरणको स्मार्ट मिटरलाई चाहिने डेढ लाख थान इ-सिम दिने

काठमाडौं। नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्न १ लाख ५० हजार थान इ-सिम उपलब्ध गराउने भएको छ। यस सम्बन्धमा दुई संस्थाबीच बिहीबार एक सम्झौता सम्पन्न भएको छ।

Tata
GBIME
Nepal Life

सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रमुख व्यवसायिक अधिकृत संगीता पहाडी र विद्युत प्राधिकरणको तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक अच्युतबाबु घिमिरेले हस्ताक्षर गरेका छन्।

प्रमुख व्यवसायिक अधिकृत पहाडीले विद्युत प्राधिकरणसँगको व्यवसायिक सहकार्यका लागि धन्यवाद ज्ञापन गर्दै सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरिन्।

विद्युत प्राधिकरणका निर्देशक अच्युतबाबु घिमिरेले पहिलेदेखि नै स्मार्ट मिटरमा टेलिकमको सिम प्रयोग भइरहेकोमा आगामी दिनमा नयाँ प्रविधियुक्त इ-सिममार्फत सेवा उपलब्ध हुने भएकोमा खुसी व्यक्त गरे।

विद्युत प्राधिकरणले विद्युत महसुल सम्बन्धी जानकारीका लागि स्मार्ट मिटरको प्रयोग गरिरहेको छ। यसको सहयोगले कार्यालयबाटै विद्युत खपत बारेमा जानकारी लिन सकिनेका साथै लाइन काट्न र विद्युत चुहावट नियन्त्रण लगायतका कार्य गर्न सहयोग पुग्ने बताइएको छ।

इ–सिमले प्राधिकरणको सिस्टम र स्मार्ट मिटरबीचमा सञ्चार सुविधा उपलब्ध गराउन सहयोग गर्ने टेलिकमले जनाएको छ। १०० एम्पियरसम्म क्षमता भएका थ्री फेज ग्राहकहरुका लागि इ-सिम प्रयोग गरिने छ।

टेलिकमले विद्युत प्राधिकरणलाई यसअघि पनि स्मार्ट मिटर प्रयोजनका लागि ५३ हजार थान सिम उपलब्ध गराइसकेको छ।