BIZMANDU
www.bizmandu.com

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने

२०८० बैशाख ६

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने


काठमाडौं। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ। बुधबार बसेको सञ्चालकहरुको बैठकले निर्णय लिएको हो।

Tata
GBIME
NLIC

अहिले कम्पनीको चुक्ता पुँजी एक अर्ब ८६ करोड रुपैयाँ छ। सोहि रकम बराबर हकप्रद निष्कासन गर्ने कम्पनीले जनाएको छ।

हकप्रदबाट आर्जन गरेको पुँजी कम्पनीले पिके हाइड्रोपावर प्रालिमा लगानी गर्दैछ। पिके हाइड्रोपावरले ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजना निर्माण गर्दैछ। हकप्रद निष्कासन पछि आउने ५० प्रतिशत अर्थात् ९३ करोड ३९ लाख रुपैयाँ पिके हाइड्रोपावर प्रालिमा लगानी गर्ने जनाएको छ।

बाँकी ५० प्रतिशत रकम सञ्चालनमा रहेको काबेली बी १ क्यासकेड जलविद्युत आयोजनाको लागि बैंकबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग गर्नेछ। बिद्युत नियमन आयोग र विशेष साधारण सभामा हकप्रदको प्रस्ताव लैजाने कम्पनीको योजना छ।