BIZMANDU
www.bizmandu.com

एनएमबि बैंकले नेदरल्यान्ड र अमेरिकी संस्थासँगको सहकार्यमा १ अर्ब बढीको हेजिङ कारोबार गर्‍यो

२०८० बैशाख ६

एनएमबि बैंकले नेदरल्यान्ड र अमेरिकी संस्थासँगको सहकार्यमा १ अर्ब बढीको हेजिङ कारोबार गर्‍यो
एनएमबि बैंकले नेदरल्यान्ड र अमेरिकी संस्थासँगको सहकार्यमा १ अर्ब बढीको हेजिङ कारोबार गर्‍यो

काठमाडौं। एनएमबि बैंकले नेदरल्यान्डको द करेन्सी एक्सचेन्ज फन्ड (टीसीएक्स) र अमेरिकाको एमएफएक्स करेन्सी रिस्क सोलुसन्ससँगको सहकार्यमा ८० लाख अमेरिकी डलरबराबरको (१ अर्ब रुपैयाँभन्दा बढी) हेजिङ कारोबार गरेको छ।

Tata
GBIME
Nepal Life

विकासउन्मुख देशहरुको आर्थिक उन्नतिका लागि डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युसन (डीएफआइ) हरुको रोजाइमा पछिल्लो समय नेपाल पर्दै आएको छ। विदेशी दातृ निकायहरुबाट प्राप्त हुने यी सहयोगले नेपालको आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका खेल्ने बैंकले जनाएको छ।

‘यसरी प्राप्त हुने विदेशी मुद्राको उतारचढावलाई नियन्त्रण गर्न नेपालका बैंक तथा वित्तीय संस्थाको भूमिका महत्त्वपूर्ण रहेको हुन्छ,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

८० लाख डलर बराबरको रकम सफलतापूर्वक हेजिङ कारोबार गरी नेपालकै पहिलो हेजिङ कारोबार सम्पन्न गर्ने एनएमबि बैंक नेपालकै अग्रणी वाणिज्य बैंक भएको जनाएको छ।

नन् डेरिभरेवल क्रस करेन्सी स्वाप गर्नका लागि प्रयोग गरिएको हेजिङ उपकरण टीसीएक्सले उपलब्ध गराएको र सो सम्बन्धित कारोबार गर्न एमएफएक्सले सहजकर्ताको भूमिका निर्वाह गरेको बैंकले जनाएको छ।

सफलतापूर्वक सम्पन्न भएको हेजिङ कारोबारले देशभर स्थिरता र सुनिश्चितताका साथ वित्तीय कारोबार गर्न मार्ग प्रशस्त गरेको र अस्थिर बजारमा स्थिरताका साथ आर्थिक कारोबार गरी वित्तीय लक्ष्य प्राप्त गर्न मद्दत पुग्ने बैंकको विश्वास छ।