BIZMANDU
www.bizmandu.com

छ्याङदी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद जारी गर्ने, वैशाख २८ गतेलाई डाक्यो साधारण सभा

२०८० बैशाख ६

छ्याङदी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद जारी गर्ने, वैशाख २८ गतेलाई डाक्यो साधारण सभा
छ्याङदी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद जारी गर्ने, वैशाख २८ गतेलाई डाक्यो साधारण सभा

काठमाडौं। छ्याङदी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद जारी गर्ने मुख्य प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। कम्पनीको नवौं वार्षिक साधारण सभा वैशाख २८ गते कमलपोखरीमा हुँदैछ।

Tata
GBIME

सभाले अघिल्लो वार्षिक साधारणको ४० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावलाई परिमार्जन गर्न लागेको छ। कम्पनीले ४० होइन अब १०० प्रतिशत जारी गर्ने योजनामा छ। जसबारे सभाले छलफल गर्नेछ।

अहिले छ्याङदी हाइड्रोपावरको चुक्ता पुँजी ३८ करोड ६९ लाख रुपैयाँ छ। यसको शत प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो।

बाँकी नियमित प्रस्तावहरु सभामा लैजाँदै छ। कम्पनीले साधारण सभाका लागि १७ गते बुक क्लोज गर्ने जनाएको हो।