BIZMANDU
www.bizmandu.com

निफ्राको नाफामा ६७.२८ प्रतिशतको छलाङ, ९१ करोड ६१ लाख वितरणयोग्य नाफा

२०८० बैशाख ६

निफ्राको नाफामा ६७.२८ प्रतिशतको छलाङ, ९१ करोड ६१ लाख वितरणयोग्य नाफा
निफ्राको नाफामा ६७.२८ प्रतिशतको छलाङ, ९१ करोड ६१ लाख वितरणयोग्य नाफा

काठमाडौं। खुद ब्याज आम्दानी ५५.२२ प्रतिशत बढेपछि निफ्राको नाफाले ६७.२८ प्रतिशतको छलाङ मारेको छ। 

Tata
GBIME

निफ्राले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। पोहोर चैतसम्म ६९ करोड ४५ लाख रुपैयाँ थियो। ९१ करोड ६१ लाख रुपैयाँ बैंकसँग वितरणयोग्य नाफा छ।

बैंकको खुद ब्याज आम्दानी २ अर्ब रुपैयाँ नाघेको छ। अघिल्लो वर्ष एक अर्ब २९ करोड रुपैयाँ थियो। बैंकको कर्जा लगानी ११ अर्ब ९४ करोड बाट बढेर २२ अर्ब ८ करोड पुगेको छ। 

खराब कर्जा पनि केही कम छ। कर्जा जोखिम व्यवस्थापनको रकम ६ करोड ५० लाख रुपैयाँ मात्र छ। कर्मचारी तलब भत्ता र सञ्चालन खर्च भने बढेका छन्। 

नाफा बढे लगत्तै प्रति सेयर आम्दानी पनि सामान्य उक्लिएर ७.१७ रुपैयाँ पुगेको छ। प्रति सेयर नेटवर्थ १०९.१९ रुपैयाँ छ।