BIZMANDU
www.bizmandu.com

एनएसीका कार्यकारी अध्यक्षको मनोमानी, सातामै दुईपटक अपरेसन डाइरेक्टर फेरबदल

२०८० बैशाख ४

एनएसीका कार्यकारी अध्यक्षको मनोमानी, सातामै दुईपटक अपरेसन डाइरेक्टर फेरबदल
एनएसीका कार्यकारी अध्यक्षको मनोमानी, सातामै दुईपटक अपरेसन डाइरेक्टर फेरबदल

काठमाडौं। नेपाल वायुसेवा निगममा एक सातामै दुईपटक अपरेसन डाइरेक्टर फेरबदल भएको छ। निगमको नेतृत्वमा रहेका कार्यकारी अध्यक्ष युवराज अधिकारीको मनोमानीका कारण पटकपटक जिम्मेवारी फेरबदल भएको हो।

Tata
GBIME
Nepal Life

यो परिवर्तनलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले गम्भीर रुपमा लिएको छ। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले निगमले अपरेसन डाइरेक्टर नियुक्तिमा खेलाँची गरेको दाबी गर्दै यसलाई गम्भीर रुपमा लिएको बताए। उनका अनुसार अपरेसन डाइरेक्टर नियुक्तिका विषयमा कार्यकारी अध्यक्ष अधिकारीसँग पनि स्पष्टीकरण मागिएको छ।

र्‍याम्प प्रोटोकल पालना नगरेको, अयोग्य अपरेशन डाइरेक्टर नियुक्त गरेको र फ्लाइटमा अनड्यूटी रहेका कर्मचारीलाई निलम्बन गरेको विषयमा स्पष्टीकरण मागिएको निरौलाले जानकारी दिए।

‘उहाँलाई हामीले एक साताको समय दिएर र्‍याम्प प्रोटोकल अन्तर्गतको तालिम गरेको प्रमाणपत्र ल्याउन समय दिएका थियौं। तर उहाँले नियमनकारी निकायकै धज्जी उडाएर मतलब गर्नुभएको छैन। क्याप्टेन आरके शेरचन अन ड्यूटीमै भएको बेला निलम्बन गरिएको छ,’ उनले भने, ‘हवाई सुरक्षामा यो गम्भीर विषय हो। शेरचनको ठाउँमा योग्यता नै नपुगेको क्याप्टेन उद्धव घिमिरेलाई जिम्मेवारी दिइएको छ।’ प्राधिकरणले प्रश्न उठाएपछि घिमिरेको ठाउँमा वरिष्ठ क्याप्टेन श्रवण रिजाललाई अधिकारीलाई ल्याएका थिए।

दुवईबाट महिला चालकदल सहितको जहाज काठमाडौं अवतरणको क्रममा स्वागत गर्न जाँदा कार्यकारी अध्यक्ष अधिकारीले सुरक्षा मापदण्ड पालना नगरेको विषयमा प्राधिकरणले मार्चमा स्पष्टीकरण सोधेको थियो। त्यसपछि प्राधिकरणले एक दिने तालिम लिएको प्रमाणपत्र बुझाउन निर्देशन दिएको थियो। तर उनले अटेर गर्दै आएका छन्।

गत अप्रिल १ तारिखमा नेपाल वायुसेवा निगमको काठमाडौं-दुवई तर्फको उडान रद्द भएपछि अनुसन्धान समिति बनाएर शेरचनलाई निलम्बन गरिएको थियो।