BIZMANDU
www.bizmandu.com

नौ महिनामा १४ अर्ब नाफा विदेशियो, ४१ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आयो

२०८० बैशाख ४

नौ महिनामा १४ अर्ब नाफा विदेशियो, ४१ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आयो
नौ महिनामा १४ अर्ब नाफा विदेशियो, ४१ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आयो

काठमाडौं। चालु आर्थिक वर्षको नौ महिनामा करिब १४ अर्ब रुपैयाँ विदेशिएको छ। उद्योग विभागले सार्वजनिक गरेको चालु आवको नौ महिनाको तथ्याङ्क अनुसार १३ अर्ब ७७ करोड ४४ लाख १० हजार ५५९ लाभाशंवापत बाहिरिएको हो। 

Tata
GBIME
Nepal Life

विभागले यस अवधिमा रोयल्टीबापत दुई अर्ब ११ करोड छ  हजार छ सय ३४, १२ लाख ४५ हजार ९१ अमेरिकी डलर, ३० करोड ६२ लाख ९६ हजार ६०९ भारतीय रुपैयाँ र सात हजार युरो विदेश लैजानका लागि विभागले सिफारिस गरेको छ। 

विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएपछि मात्र रकम विदेश लैजान पाइन्छ। विभागले स्वीकृत गरेको १५ दिनभित्र रकम लैजान पाइने विभागले जनाएको छ।

चैत महिनामा सवा तीन अर्ब लाभाशं फिर्ता

विभागले चैत महिनामा मात्रै तीन अर्ब १४ करोड ५३ लाख २२ हजार २३५ रुपैयाँ लाभांश विदेश लैजान सिफारिस गरेको हो। रोयल्टीबापत चैत महिनामा मात्रै बीस करोड ६० लाख नौ हजार ५२६, ७३ हजार ३१३ अमेरिकी डबर, १५ लाख ४५ हजार ७८३ भारु फिर्ता लैजानेगरी स्वीकृति प्रदान गरेको हो। 

यस्तै, चालु आवको नौ महिनामा विभागले व्यवसायी भिसा अन्तर्गत एक हजार दुई सय २४ जना लगानीकर्ता, एक सय ८६ जना प्रतिनिधि र पाँच सय २४ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ।

चैत महिनामा मात्रै विभागले एक सय ६६ जना लगानीकर्ता, ४५ जना प्रतिनिधि र एक सय ४२ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । 

नौ महिनामा दुई सय ९८ वटा उद्योगका लागि ४१ अर्ब २१ करोड २४ लाख ४२ हजार तीन सय ७३ रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। जसमा चैत महिनामा मात्रै आठ अर्ब ९१ करोड १२ लाख ६४ हजार छ सय ९० विदेशी लगानी प्रतिबद्धता भित्रिएकोे छ।

विभागको तथ्याङ्क अनुसार हालसम्म चार खर्ब ४७ अर्ब ३८ करोड १२ लाख ९३ हजार ७०४ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ। विभाग अन्तर्गत वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाले गत वर्षको तुलनामा चालु आवमा रोयल्टी तथा लाभाशं रकम बाहिरिने अनुमान गरिएको जनाएको छ।