BIZMANDU
www.bizmandu.com

विश्वको आर्थिक वृद्धिदर २.८ प्रतिशतमा सीमित हुने मुद्रा कोषको प्रक्षेपण, ‘वित्त क्षेत्र अस्थिर’

२०८० बैशाख ४

विश्वको आर्थिक वृद्धिदर २.८ प्रतिशतमा सीमित हुने मुद्रा कोषको प्रक्षेपण, ‘वित्त क्षेत्र अस्थिर’
विश्वको आर्थिक वृद्धिदर २.८ प्रतिशतमा सीमित हुने मुद्रा कोषको प्रक्षेपण, ‘वित्त क्षेत्र अस्थिर’


काठमाडौं। यो वर्ष आर्थिक वृद्धि खुम्चने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को प्रक्षेपण छ। सन् २०२३ को सुरूवात आर्थिक गतिविधिका हिसाबले केही सुधारोन्मुख देखिए पनि बैंकिङ क्षेत्रमा छाएको संकटले सबै प्रक्षेपणहरू परिवर्तन गरेको छ।

Tata
GBIME
NLIC

यो वर्षको सुरूमा चीनले तीन वर्ष लामो लकडाउन हटाएको थियो। युरोपको अर्थतन्त्रमा पनि केही सुधार देखिएको थियो। साथै इन्धनको मूल्यमा गिरावट आएको थियो। 

यी सबै सकारात्मक घटनाक्रमहरूलाई मध्यनजर गर्दै अर्थशास्त्री तथा कर्पोरेट लिडरहरूले विश्वव्यापी आर्थिक वृद्धि उनीहरू डराए जस्तो सुस्त नहुने अनुमान गरेका थिए। तर गत मार्चमा देखा परेको बैंकिङ क्षेत्रको संकटका कारण पूर्वानुमानहरु फेरिएका छन्।

आइएमएफले वित्तीय बजारमा हालै भएको अस्थिरतालाई उल्लेख गर्दै विश्वव्यापी अर्थतन्त्रका लागि वृद्धिदरको आफ्नो पूर्वानुमान घटाएको छ। आर्थिक वृद्धिदर २.८ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। गत जनवरीमा आइएमएफले २.९ प्रतिशतले आर्थिक वृद्धिदर हुने प्रक्षेपण सार्वजनिक गरेको थियो। 

‘हाल अनिश्चितता उच्च छ र वित्तीय क्षेत्र अस्थिर रहँदा जोखिमको सन्तुलन निश्चित रूपमा नकारात्मक  छ,’ आइएमएफले आफ्नो पछिल्लो प्रतिवेदनमा भनेको छ।

गत मार्चमा दुई अमेरिकी बैंक सिलिकन भ्याली र सिग्नेचर बैंक डुबेपछि र स्वीजरल्याण्डको क्रेडिट सुइस बैंकले विश्वास गुमाएसँगै विश्वव्यापी रूपमा ठूलो आर्थिक संकट आउनसक्ने डर बढेको छ। 

पहिले नै विश्व अर्थतन्त्र निरन्तर तीव्र गति उकालो लागिरहेको मुद्रास्फीति र ब्याजदरमा वृद्धि, उच्च ऋणको स्तर र युक्रेन-रुस युद्धको आर्थिक प्रभाव सामना गरिरहेको थियो। अब बैकिङ क्षेत्रमा बढेको संकट पनि यसमा थपिएको छ।