BIZMANDU
www.bizmandu.com

जगदुल्ला जलविद्युतको प्रमुख कार्यकारी अधिकृतमा सञ्जय सापकोटाले पाए नियुक्ति

२०८० बैशाख ३

जगदुल्ला जलविद्युतको प्रमुख कार्यकारी अधिकृतमा सञ्जय सापकोटाले पाए नियुक्ति
जगदुल्ला जलविद्युतको प्रमुख कार्यकारी अधिकृतमा सञ्जय सापकोटाले पाए नियुक्ति


काठमाडौं। जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सञ्जय सापकोटा नियुक्त भएका छ्न्। शनिबारको प्रस्तुतीकरण र अन्तर्वार्तापछि उनलाई आइतबार बसेको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत बनाउने निर्णय गरेको हो।

Tata
GBIME
NLIC

कम्पनीले फागुन १४ गते निकालेको विज्ञापनमा पाँचजनाले आवेदन दिएका थिए, जसमध्ये चारजना सर्टलिष्टमा परेका थिए। 

सर्टलिष्टमा सापकोटाका साथै सूर्यप्रकाश पाण्डेय, नरेन्द्रसिंह भण्डारी र बखतबहादुर शाही थिए। अन्य तीनजनालाई पछि पार्दै सापकोटाले बाजी मारेका हुन्।

सापकोटा जगदुल्लामा नै कार्यरत छन्। उनी जगदुल्ला जलविद्युत आयोजना प्रमुख समेत हुन्। उनले यस अघि निमित्त सीइओको रुपमा काम गरिसकेका छन्। 

करिब ४ वर्षदेखि कम्पनीमा कार्यरत छन्। उनी आयोजना बुझेका व्यक्ति हुन्।