BIZMANDU
www.bizmandu.com

जापानमा क्यासिनो चलाउन सरकारको अनुमति, रोजगारी र पर्यटनलाई बढावा दिने अपेक्षा

२०८० बैशाख २

जापानमा क्यासिनो चलाउन सरकारको अनुमति, रोजगारी र पर्यटनलाई बढावा दिने अपेक्षा
जापानमा क्यासिनो चलाउन सरकारको अनुमति, रोजगारी र पर्यटनलाई बढावा दिने अपेक्षा

काठमाडौं। जापानी अधिकारीहरूले मुलुकको पहिलो जुवा रिसोर्ट(क्यासिनो रिसोर्ट) निर्माण गर्ने विवादास्पद योजनाहरूलाई अनुमोदन गरेका छन्। उक्त कम्प्लेक्स सन् २०२९ मा पश्चिमी सहर ओसाकामा खुल्नेछ।

Tata
GBIME
Nepal Life

जापानमा लामो समयदेखि क्यासिनो अवैध छ। तर, सरकारले सन् २०१८ मा एउटा कानुन पारित गरेको थियो, जसमा पोकर वा ब्याकराट खेलहरु समावेश छन्। त्यसलाई टेकेर क्यासिनो परियोजना अनुमोदन गरेको हो। रोजगारी सिर्जना गर्न र पर्यटनलाई बढावा दिनको लागि यस्तो कानुन पारित गरिएको जापान सरकारले जनाएको छ।

अपराध र जुवाको लतमा भएको वृद्धिको बारे भने केही चिन्तित रहेकाहरु बीच जनमत विभाजित छ। क्यासिनोबाहेक ५३ लाख स्क्वायर फुट (४९ हेक्टर) कम्प्लेक्समा होटल, कन्फरेन्स सेन्टर, सपिङ मल र संग्रहालय हुनेछ।

‘हामी आशा गर्छौं क्यासिनो एक पर्यटन आधार बन्नेछ, जसले विश्वमा जापानको आकर्षणलाई बढावा दिन्छ,’ प्रधानमन्त्री फुमियो किशिदाले भनेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

यस परियोजनाको प्रारम्भिक लगानी १३.५ अर्ब डलर छ। अमेरिकामा रहेको क्यासिनो अपरेटर एमजीएम र जापानको ओरिक्स समूह प्रत्येक कम्पनीमा ४० प्रतिशत सेयरको स्वामित्वमा छ।

अन्य २० प्रतिशत वेस्ट जापान रेल, कान्साई इलेक्ट्रिक पावर र ओसाकामा आधारित प्यानासोनिक जस्ता स्थानीय कम्पनीहरूको स्वामित्वमा हुनेछ। जापानी समाचार सेवाका अनुसार रिसोर्टले वार्षिक करिब २ करोड आगन्तुकहरूलाई आकर्षित गर्ने र यस क्षेत्रको वार्षिक आर्थिक लाभमा करिब १ ट्रिलियन येन ल्याउने अधिकारीहरूले आशा गरेका छन्।

यो परियोजना वर्षौं अघि प्रस्ताव गरिएको थियो। तर, कोभिड-१९ महामारी र क्यासिनो नीतिको जिम्मेवारीमा रहँदा घूस लिएको आरोपमा सत्तारुढ दलका एक सांसदको भ्रष्टाचार काण्डका कारण ढिलाइ भएको थियो।

जापान जुवाको खेलका लागि एक आशालाग्दो बजार मानिन्छ। जापान लगभग १२ करोड ६० लाख जनसंख्या भएको संसारको तेस्रो ठूलो अर्थव्यवस्था हो।

जापनमा धनी एसियाली जुवा खेल्नेहरू धेरै छन्। विशेष गरी जापान चीनबाट पनि नजिक छ। मकाउ एक मात्र चिनियाँ सहर हो, जहाँ क्यासिनो (जुवा)लाई कानूनी वैधता छ।

यस्तै योजना नागासाकी प्रान्तले डच-थीम पार्क हुइस टेन बोशमा क्यासिनो निर्माण गर्न पेस गरेको छ। (एजेन्सीहरु)