BIZMANDU
www.bizmandu.com

फास्ट ट्रयाकसँग असम्बन्धित शीर्षकमा सेनाले खर्च गरेको २ अर्ब ७६ करोडमा महालेखाले गर्‍यो प्रश्न

२०८० बैशाख २

फास्ट ट्रयाकसँग असम्बन्धित शीर्षकमा सेनाले खर्च गरेको २ अर्ब ७६ करोडमा महालेखाले गर्‍यो प्रश्न
फास्ट ट्रयाकसँग असम्बन्धित शीर्षकमा सेनाले खर्च गरेको २ अर्ब ७६ करोडमा महालेखाले गर्‍यो प्रश्न

काठमाडौं। नेपाली सेनाले काठमाडौं-तराई द्रुतमार्ग आयोजनासँग प्रत्यक्ष सम्बन्ध नभएका शीर्षकमा २ अर्ब ७६ करोड रुपैयाँ खर्च गरेको छ।

Tata
GBIME
Nepal Life

महालेखापरीक्षकको ६०औं वार्षिक प्रतिवेदनले उक्त खर्चमा प्रश्न गरेको छ। फास्ट ट्रयाक आयोजनामा सेनाले आयोजनसँग प्रत्यक्ष सम्बन्ध नभएका शीर्षकमा खर्च गरेको प्रतिवेदनले देखाएको हो।

जसमा आयोजनासँग प्रत्यक्ष नभएका शीर्षकहरुमा सवारीसाधन, प्रशासनिक, उपकरण, इन्धन, फर्निचर, क्याम्प निर्माण लगायतका खर्च छन्।

प्रतिवेदन अनुसार यो आयोजनाले हालसम्म गरेको कुल खर्चको ८.०४ प्रतिशत रकम हो। आयोजनामा सेनाले ३२ करोड ९९ लाख रुपैयाँ इन्धन शीर्षकमा खर्च गरेको छ। यस्तै, क्याम्प निर्माणमा ६७ करोड रुपैयाँ खर्च गरेको उक्त प्रतिवेदनमा उल्लेख छ।

यसैगरी, प्रतिवेदन अनुसार सेनाले प्रशासनिक शीर्षकमा ४२ करोड ४५ लाख रुपैयाँ खर्च गरेको छ। सेनाले फर्निचरमा ५० लाख र सवारीसाधन शीर्षकमा १५ करोड ८५ लाख रुपैयाँ खर्च गरेको छ।

सेनाले उपकरण शीर्षकमा पनि ७८ करोड २३ लाख रुपैयाँ खर्च गरेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदन अनुसार आयोजनामा हालसम्म ३४ अर्ब २९ करोड ८४ लाख रुपैयाँ खर्च भएको छ। तर यसमा आयोजनासँग प्रत्यक्ष सम्बन्धित नरहेका शीर्षकमा २ अर्ब ७६ करोड खर्च गरिएको छ।

आयोजनाले परामर्श सेवाको लागि हालसम्म १ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ खर्च गरिसकेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनले आयोजना सम्पन्न हुने समय बढ्दै गएकाले परामर्श सेवाको पनि लागत वृद्धि हुने भएकाले समयमा काम सम्पन्न गर्न सुझाव दिएको छ।