BIZMANDU
www.bizmandu.com

उद्योग मन्त्रीको आग्रह: ब्याजदर घटाउन प्रधानमन्त्री र अर्थमन्त्रीले पहल गर्नुपर्छ

२०७९ चैत्र २८

उद्योग मन्त्रीको आग्रह: ब्याजदर घटाउन प्रधानमन्त्री र अर्थमन्त्रीले पहल गर्नुपर्छ
उद्योग मन्त्रीको आग्रह: ब्याजदर घटाउन प्रधानमन्त्री र अर्थमन्त्रीले पहल गर्नुपर्छ

काठमाडौं। उद्योग मन्त्री रमेश रिजालले अर्थतन्त्रको समस्या समाधानका लागि सबै पक्ष मिलेर अगाडि बढ्नु पर्ने बताएका छन्। उनले व्यवसायीको समस्या बुझ्ने काम गरिरहेको बताउँदै हातेमालो गरेर अगाडि बढ्नुपर्ने समयको माग रहेको बताए।

Tata
GBIME
Nepal Life

उनले व्यवसायीको समस्या धेरै भएको भन्दै ब्याजदरको समस्या समाधान गर्नुपर्ने बताए। उनले प्रधानमन्त्री र अर्थमन्त्रीलाई ब्याजको समस्या समाधानको पहल गर्न आग्रह समेत गरे।

महासंघको ५७औं वार्षिक साधारणसभाको अवसरमा विशेष अतिथिका रुपमा बोल्दै उनले वन क्षेत्रको समस्यामा समाधान गर्न पनि आग्रह गरे।

‘मैले भन्न मिल्छ कि मिल्दैन थाहा छैन। तर म भन्छु जे पर्ला पर्ला,’ उनले भने, ‘ब्याजमा पहल लिनुपर्छ। एउटा मन्त्रालयबाट गएको काम अर्को मन्त्रालयले रोकिदिने देखिएको छ। यसमा समाधान गर्नुपर्छ।’

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा. प्रकाशशरण महत पनि उपस्थित थिए।