BIZMANDU
www.bizmandu.com

ग्यापुले ल्यायो चौथो वार्षिकोत्सव अफर ‘ग्यापुभर्सरी,’ ग्राहकलाई ८० प्रतिशतसम्म छुट

२०७९ चैत्र २८

ग्यापुले ल्यायो चौथो वार्षिकोत्सव अफर ‘ग्यापुभर्सरी,’ ग्राहकलाई ८० प्रतिशतसम्म छुट
ग्यापुले ल्यायो चौथो वार्षिकोत्सव अफर ‘ग्यापुभर्सरी,’ ग्राहकलाई ८० प्रतिशतसम्म छुट

काठमाडौं। नेपाली इ-कमर्स प्लाटफर्म ग्यापु मार्केटप्लेसले आफ्नो स्थापना दिवसको अवसरमा ग्राहक लक्षित योजना ‘ग्यापुभर्सरी’ सार्वजनिक गरेको छ। ग्यापु स्थापनाको चौथो वर्षमा प्रवेश गरेको छ।

Tata
GBIME
Nepal Life

यस अवसरमा आफ्नो माध्यमबाट सामान खरिद गर्ने ग्राहकलाई अधिकतम ८० प्रतिशत सम्मको छुटको व्यवस्था राखेको जनाइएको छ। ग्यापुमार्फत सामान खरिद गर्दा माछापुच्छ्रे बैंकबाट डिजिटल भुक्तानी गर्ने ग्राहकले १५ प्रतिशतसम्म र १ हजार ८० रुपैयाँसम्म क्यास ब्याक पाउन सक्ने अफर छ।

‘इलेक्ट्रोनिक्स, होम अप्लायन्स, ब्युटी एण्ड हेल्थ, फेसन, मेड इन नेपाल लगायतका सामाग्रीहरूको खरिदमा छुट तथा क्यासब्याक योजना ल्याइएका छौं,’ कम्पनीका अपरेशन म्यानेजर अशोक कार्कीले भने,’नगद छुट तथा फिर्ताका साथै ग्राहकहरूले विभिन्न गिफ्ट ह्याम्पर्स दैनिक रूपमा जित्न सक्नुहुनेछ।’

उनका अनुसार ग्राहकले मुलुकमा सञ्चालित प्रमुख वालेटमार्फत कारोबार गर्दा वा बिल तिर्दा हरेक दिन शत प्रतिशत क्यासब्याक पाउन सक्नेछन्।
मंगलबारदेखि सुरु भएको वार्षिकोत्सव अफरको योजना वैशाख २ गतेसम्म रहनेछ। यो अवधिमा ग्राहकले पाँच हजारभन्दा धेरै प्रकारका सामानमा छुट पाउन सक्ने सुविधा छ।

हालसम्म आफूकहाँ २ लाख १५ हजारभन्दा बढी ग्राहक दर्ता भइ सेवा लिइरहेको ग्यापुले जनाएको छ।