BIZMANDU
www.bizmandu.com

साल्ट ट्रेडिङ कर्पोरेसनको नयाँ अध्यक्षमा प्रदीपलाल श्रेष्ठ सर्वसम्मत, ४ महिनापछि नेतृत्व नयाँ

२०७९ चैत्र २७

साल्ट ट्रेडिङ कर्पोरेसनको नयाँ अध्यक्षमा प्रदीपलाल श्रेष्ठ सर्वसम्मत, ४ महिनापछि नेतृत्व नयाँ
साल्ट ट्रेडिङ कर्पोरेसनको नयाँ अध्यक्षमा प्रदीपलाल श्रेष्ठ सर्वसम्मत, ४ महिनापछि नेतृत्व नयाँ


काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड कम्पनीका सञ्चालक समिति सदस्य प्रदीपलाल श्रेष्ठ अध्यक्षमा सर्वसम्मत भएका छन्। कर्पोरेशन संचालक समितिले आइतबार उनलाई कम्पनीको नेतृत्वका लागि चयन गरेको हो।

Tata
GBIME
NLIC

यसअघि कर्पोरेशन लिमिटेडको अध्यक्षमा कल्याण गोविन्द श्रेष्ठ थिए। उनले करिब ४ महिनाअघि स्वास्थ्यमा समस्या भएपछि अध्यक्ष पदबाट राजीनामा दिएका थिए।

त्यसयता रिक्त अध्यक्ष पद उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीले केही समयका लागि सम्हालेका थिए। कर्पोरेसनको ५६ औं वार्षिक साधारणसभा चैत १० मा भएको थियो।

सभाले प्रदीपलाल श्रेष्ठ, नारायण दास मानन्धर, राजेन्द्रमान शेरचन, अन्जन श्रेष्ठ, सुनील श्रेष्ठ, राजेशकुमार श्रेष्ठ, शंकरप्रसाद श्रेष्ठलाई सञ्चालकमा नियुक्त गरेको थियो।