BIZMANDU
www.bizmandu.com

सिटिजन्स बैंक कोष प्रवर्द्धक रहेको ‘सुपर ३० म्युचुअल फण्ड’ वैशाख ६ बाट बिक्री खुला

२०७९ चैत्र २४

सिटिजन्स बैंक कोष प्रवर्द्धक रहेको ‘सुपर ३० म्युचुअल फण्ड’ वैशाख ६ बाट बिक्री खुला
सिटिजन्स बैंक कोष प्रवर्द्धक रहेको ‘सुपर ३० म्युचुअल फण्ड’ वैशाख ६ बाट बिक्री खुला


काठमाडौं। सिटिजन्स सुपर ३० म्युचुअल फण्ड बन्दमुखी योजना ल्याउने भएको छ। कम्पनीले इकाइहरु वैशाख ६ देखि १० गतेसम्म जारी गर्न लागेको हो।

Tata
GBIME
NLIC

सिटिजन्स बैंक कोष प्रवर्द्धक, सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेको इकाइहरु सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने छ।

कम्पनीले १० रुपैयाँ अंकित दरका १० करोड इकाइ जारी गर्न लागेको हो। यसमध्ये एक करोड ५० लाख इकाइ सिटिजन्स बैंकले लिने छ। बाँकी रहेको ८ करोड ५० लाख कित्ता इकाइ सर्वसाधारणलाई जारी गर्न लागिएको हो।

कम्तिमा १०० र बढीमा एक करोड इकाइहरुका लागि आवेदन दिन सकिन्छ।