BIZMANDU
www.bizmandu.com

तरलता अभावको संकेतपछि बजारमा धमाधम पैसा पठाउँदै राष्ट्र बैंक, फेरि २० अर्ब दिँदै

२०७९ चैत्र २३

तरलता अभावको संकेतपछि बजारमा धमाधम पैसा पठाउँदै राष्ट्र बैंक, फेरि २० अर्ब दिँदै
तरलता अभावको संकेतपछि बजारमा धमाधम पैसा पठाउँदै राष्ट्र बैंक, फेरि २० अर्ब दिँदै


काठमाडौं। बैंकहरुमा तरलता अभाव बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँ बजारमा प्रवाह गर्ने भएको छ।

Tata
GBIME
NLIC

राष्ट्र बैंकले रिपोमार्फत प्रणालीमा २० अर्ब रुपैयाँ पठाउन लागेको हो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग भएको ट्रेजरी बिल धितो राखेर ऋण दिने मौद्रिक औजार रिपो हो। बैंक वित्तीय संस्थालाई १४ दिनको रिपो दिन लागिएको हो।

पछिल्ला दिन बैंकहरुमा तरलता अभाव सुरु भएको छ। औषत कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ८५ प्रतिशत रहेपनि १० बैंकको ९० प्रतिशत नजिक छ। केही दिनअघि पनि आउट राइट पर्चेजमार्फत राष्ट्र बैंकले बजारमा पैसा पठाएको थियो।