काठमाडौं। नेपाल धितोपत्र बोर्डले थ्री स्टार हाइड्रोपावर लिमिटेडलाई आइपीओ निष्कासनको अन्तिम स्वीकृति दिएको छ।
बोर्डले कम्पनीलाई चैत १७ गते आइपीओ निष्कासनको स्वीकृति प्रदान गरेको हो।
स्वीकृति पाएसँगै हाइड्रोपावर १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ करोड ३१ लाख २५० कित्ता साधारण सेयर जारी गर्ने तयारीमा छ।
कम्पनीले जारी पुँजीको २५ प्रतिशत साधारण सेयर निष्कासन गर्ने स्वीकृति पाएको हो।
कम्पनीको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।
थ्री स्टार हाइड्रोपावर एक पब्लिक कम्पनी हो। यो कम्पनीको आयोजना खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा छ। यो आयोजना २०७२ सालमा स्थापना भएको हो। आयोजनाको क्षमता कुल ६.६ मेगावाट छ।