BIZMANDU
www.bizmandu.com

शुभलक्ष्मी कोषको म्युचुअल फण्ड र एसआइपी योजना इसेवाबाटै खरिद गर्न सकिने

२०७९ चैत्र २१

शुभलक्ष्मी कोषको म्युचुअल फण्ड र एसआइपी योजना इसेवाबाटै खरिद गर्न सकिने
शुभलक्ष्मी कोषको म्युचुअल फण्ड र एसआइपी योजना इसेवाबाटै खरिद गर्न सकिने


काठमाडौं। लक्ष्मी क्यापिटल मार्केटले सञ्चालन गरेको शुभलक्ष्मी कोष अन्तर्गत व्यवस्थित लगानी योजना (एसआइपी) इसेवाबाट सजिलै खरिद गर्न सकिने भएको छ। 

Tata
GBIME
NLIC

शुभलक्ष्मी कोष खुलामुखी योजनाको इकाइ पनि इसेवाबाट किन्न तथा भुक्तानी गर्न सकिनेछ। क्यापिटलमा दर्ता नभएका ग्राहकहरुले इसेवा मार्फत नै रजिस्टर गरी खरिद गर्न मिल्नेछ। 

इसेवा एप अथवा वेबपेजमा रहेको फाइनान्सियल सर्भिसेस भित्र गएर इन्चेष्टमेन्ट बटन छनोट गरी लक्ष्मी म्युचुअल फण्डको इकाइ अथवा एसआइपी योजनमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ। 

इसेवा र इसेवा रेमिटले वैदेशिक रोजगारीमा गएकाहरुलाई पनि रेमिटेन्सको माध्यमबाट लगानीको व्यवस्था मिलाएको छ।श्रमिकहरुले पठाएको रेमिटेन्सलाई सहज रुपमा लगानी गर्न शुभलक्ष्मी कोषको योजन उपयोगी हुने जनाएको छ। इसेवामा हाल ७० लाख प्रयोगकर्ता रहेका छन्।