BIZMANDU
www.bizmandu.com

गोल्याण समूहले आइपीओ जारी गरेको सिटी होटल साढे ४ करोड घाटामा, संचालन खर्च उच्च

२०७९ चैत्र २१

गोल्याण समूहले आइपीओ जारी गरेको सिटी होटल साढे ४ करोड घाटामा, संचालन खर्च उच्च
गोल्याण समूहले आइपीओ जारी गरेको सिटी होटल साढे ४ करोड घाटामा, संचालन खर्च उच्च

काठमाडौं। उच्च संचालन खर्चका कारण आइपीओ जारी गरेको गोल्याण समूहको सिटी होटल ४ करोड ५० लाख रुपैयाँ घाटामा गएको छ।

Tata
GBIME

मंगलबारबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आइपीओ जारी गरेको सिटी होटल लिमिटेडले सन् २०२१/२२ १९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ।

सोल्टीमोडमा हायात प्लेस ब्राण्डमा पाँचतारे होटल संचालन गरिरहेको कम्पनीले १९ करोड ४० लाख रुपैयाँ व्यापार गरेको रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले जनाएको छ।

होटलले ४० प्रतिशत आम्दानी रुम लजिङ तथा सेवा र ५६ प्रतिशत भने मिटिङ, इन्सेन्टिभ, कन्फ्रेन्स र एक्जिबिसनबाट फुड तथा बेभरेज बिक्रीबाट आर्जन गरेको हो।

गोल्याण समूहको लगानी रहेको होटलमा १५३ कोठा छन्। २०२१ नोभेम्बरबाट होटल व्यवसायिक रुपमा संचालनमा आएको थियो।

कम्पनीले ३ अर्ब २५ करोड ६५ लाख रुपैयाँ ऋणका लागि रेटिङ पुन: पुष्टि गराएको छ। ३ अर्ब १७ करोड रुपैयाँको दीर्घकालीन ऋणका लागि एनपी डबल बी प्लस र ८ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी एफोर प्लस रेटिङ पुन:पुष्टि गराएको छ।