BIZMANDU
www.bizmandu.com

टावर मर्मतका लागि बुधबार मनकामना केबुलकार सेवा बन्द हुने, बिहीबारबाट सेवा पुनः थालिने

२०७९ चैत्र १९

टावर मर्मतका लागि बुधबार मनकामना केबुलकार सेवा बन्द हुने, बिहीबारबाट सेवा पुनः थालिने
टावर मर्मतका लागि बुधबार मनकामना केबुलकार सेवा बन्द हुने, बिहीबारबाट सेवा पुनः थालिने


काठमाडौं। टावर मर्मतसम्भार गर्नुपर्ने भएपछि गोरखाको मनकामना केबुलकार आगामी बुधबार बन्द हुने भएको छ। एक दिनको मर्मतसम्भार सकिए लगत्तै कम्पनीले बिहीबारबाट सेवा पुनः सुरु गर्ने योजना रहेको संचालक राजेश बाबु श्रेष्ठले बताए।

Tata
GBIME
NLIC

‘केबुलकार टावर नियमित मर्मतसम्भार गर्नुपर्ने भएका कारण एक दिनका लागि सेवा बन्द गर्न लागिएको हो। भक्तजन तथा यात्रुमा पर्न जाने असुविधाका लागि क्षमाप्रार्थी छौं। बिहीबारबाटै सेवा पुनः संचालनमा आउनेछ,’ संचालक श्रेष्ठले भने।   

कम्पनीले केही समयअघि एनालगबाट डिजिटल प्रणालीमा केबुलकारलाई स्तरोन्नति गरेको थियो।

केबुलकारको टावर, गोन्डोला, बुलह्‍वील लगायत उपकरण भने साबिककै रहेको छ भने यो केबलकार नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबुलकार रहेको छ।