BIZMANDU
www.bizmandu.com

नवनियुक्त अर्थमन्त्रीको अर्थतन्त्र सुधार्ने अल्पकालीन योजना, ‘राष्ट्र बैंकसँग मिलेर आर्थिक निराशा हटाउँछौं’

२०७९ चैत्र १७

काठमाडौं। नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक निराशा हटाउन राष्ट्र बैंकसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

Tata
GBIME
Nepal Life

शुक्रबार अर्थ मन्त्रालयमा पदबहाली गर्दै अर्थमन्त्री महतले उद्योगी व्यवसायीको आत्मविश्वास बढाउन निराशालाई आशामा बदल्ने बताएका छन्।

‘हामीले अहिले दिने भनेको आत्मविश्वास हो। त्यसलाई म प्राथमिकतामा राखेर अघि बढ्छु,’ उनले भने।

उनले मुलुक संकटमा रहेकाले अब खर्च गर्दा प्राथमिकताको क्षेत्रमा मात्रै गर्ने स्पष्ट पारे। उनले देश भएको परिवार भएको बताउँदै अहिलेको समयमा अर्थतन्त्रलाई हेरेर निर्णय गर्ने बताए।

महतले राजस्व संकलन सन्तोषजनक नभएको बताउँदै लगानी शिथिलता, मूल्यवृद्धि लगायतलाई हेरेर आफूले योजना बनाउने धारणा राखे।

उनले अहिलेको संकट समाधान गर्न लगानी आवश्यक भएको भन्दै लगानी भित्र्याउन राष्ट्र बैंकको भूमिका महत्तवपूर्ण रहने बताए।

‘लगानी भित्र्याउन राष्ट्र बैंक र हामी सँगसँगै मिलेर अघि बढ्छौं,’ अर्थमन्त्री महतले भने।

अर्थमन्त्री महतले अहिले बधाई वा अन्य कुरामा सहभागी नभइ काम गरेर देखाउने उद्देश्यसहित आफू आएको बताए।

फोटो: रोजन श्रेष्ठ/बिजमाण्डू