BIZMANDU
www.bizmandu.com

शंखरापुर नगरमा चार आयोजना अलपत्र पार्ने तीन निर्माण कम्पनीसँगको ठेक्का तोडियो

२०७९ चैत्र १७

शंखरापुर नगरमा चार आयोजना अलपत्र पार्ने तीन निर्माण कम्पनीसँगको ठेक्का तोडियो
शंखरापुर नगरमा चार आयोजना अलपत्र पार्ने तीन निर्माण कम्पनीसँगको ठेक्का तोडियो


काठमाडौं। शंखरापुर नगरपालिका काठमाडौंले ४ आयोजनाको काम अलपत्र पारेपछि ३ वटा निर्माण कम्पनीसँग ठेक्का तोडेको छ।

Tata
GBIME
NLIC

नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै ४ आयोजनामा काम गर्ने ३ वटा निर्माण कम्पनीसँग ठेक्का तोडिएको जनाएको छ। निर्माण कम्पनीहरुमा विष्णु एण्ड कृष्ण कन्स्ट्रक्सन, टिंग्ला-बुढानिलकन्ठ जेभी र नव दुर्गा बिल्डर्स छन्।

यी कम्पनीहरुले शंखरापुर नगरपालिकाका चार आयोजनाहरु अलपत्र पारेका छन्। सम्बन्धित निर्माण व्यवसायीलाई सम्झौतामा तोकिएको समय भित्र काम पुरा गर्न पटक-पटक मौखिक/लिखित रुपमा जानकारी गराएको नगरपालिकाले जनाएको छ।

सचेत गराए पनि लामो समयदेखि काम पुरा नगरेपछि ठेक्का तोड्ने निर्णय गरिएको नगरपालिकाको सूचनामा उल्लेख छ।

नगरपालिकाले कार्यस्थलमा आवश्यक मात्रामा स्रोत-साधनहरु परिचालित नगरेको, निर्माण/मर्मत कार्यमा तीव्रता नआएको र स्वघोषित समयभित्र समेत निर्माण कार्यको अपेक्षित प्रगति हासिल नगरेको हुँदा प्रचलित सार्वजनिक खरिद ऐन अनुसार ठेक्का तोड्नैपर्ने अवस्था आएको जनाएको छ।

यसैगरी, नगरपालिकाले निर्माण व्यवसायी सँग ठेक्का सम्झौता बमोजिम ठेक्का सम्झौता किन अन्त्य नगर्ने ? ठेक्का सम्झौता अन्त्य नगर्न पर्ने कुनै मनासिव कारण भएमा ७ दिनभित्र स्पष्ट कारण पेस गर्न भनिएको छ।