BIZMANDU
www.bizmandu.com

फौजदारी मुद्दा अघि बढेसँगै अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प केही दिनमै पक्राउ पर्न सक्ने

२०७९ चैत्र १७

फौजदारी मुद्दा अघि बढेसँगै अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प केही दिनमै पक्राउ पर्न सक्ने
फौजदारी मुद्दा अघि बढेसँगै अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प केही दिनमै पक्राउ पर्न सक्ने

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोगहरु अघि बढाइने भएको छ। यससँगै उनी अमेरिकी इतिहासमै फौजदारी मुद्दाको सामना गर्ने पहिलो राष्ट्रपति हुनेछन्।

Tata
GBIME
Nepal Life

सन् २०१६ को राष्ट्रपति निर्वाचनमा ट्रम्पको नाममा उनका वकिलले ‘पोर्न स्टार’ स्ट्रमी डेनियल्सलाई ठूलो रकम दिएको विषयमा उनीहरु मुद्दाको अनुसन्धान अघि बढेको थियो। यससँगै ट्रम्पविरुद्ध अन्य मुद्दामा पनि अनुसन्धान भइरहेको छ। सबै मुद्दाको विवरण भने सार्वजनिक गरिएको छैन।

ट्रम्पले भने आफूमाथि लगाइएका सबै अभियोगहरु झुटो भएको दाबी गरेका छन्।

मुद्दा दर्ता भएसँगै ट्रम्प पक्राउ पर्ने सम्भावना उच्च छ। ट्रम्पले केही साता अघि नै आफू पक्राउ पर्न सक्ने भन्दै आफ्ना समर्थकहरुलाई प्रदर्शनका लागि तयार रहन भनेका थिए।

यता, ट्रम्पले अदालतमा आत्मसमर्पण पनि गर्न सक्ने अमेरिकी संचारमाध्यमहरुले उल्लेख गरेका छन्। ट्रम्पका वकिलले भने आउँदो मंगलवार ट्रम्प अदालतमा उपस्थित हुन सक्ने बताएका छन्। त्यसपछि उनलाई जमानतमा रिहा गर्ने कि नगर्ने भनेर अदालतले निर्णय गर्नेछ।

ट्रम्पले सन् २०२४ मा फेरि रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने अभियान सुरु गरिसकेका छन्। आफूविरुद्ध मुद्दा दर्ता भए पनि उनी उम्मेदवार बन्ने प्रतिस्पर्धामा रहने बताइएको छ।