BIZMANDU
www.bizmandu.com

सेबोनले २५ करोडसम्मका कम्पनीलाई एसएमईमा राख्ने, आइपीओमा २५० कित्ता आवेदन दिन मिल्ने

२०७९ चैत्र १६

सेबोनले २५ करोडसम्मका कम्पनीलाई एसएमईमा राख्ने,  आइपीओमा २५० कित्ता आवेदन दिन मिल्ने
सेबोनले २५ करोडसम्मका कम्पनीलाई एसएमईमा राख्ने, आइपीओमा २५० कित्ता आवेदन दिन मिल्ने


काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले २५ करोड रुपैयाँभन्दा कम चुक्ता पुँजी भएका कम्पनीलाई एसएमई कम्पनीमा गणना गर्ने भएको छ। 

Tata
GBIME
NLIC

यस्ता कम्पनीले जारी गर्ने आइपीओमा न्यूनतम २५० कित्ता आवेदन दिन पाइनेछ। सेयरको अंकित मूल्य साधारणतया एक सय रुपैयाँ हुने जनाएको छ।

बिहीबार साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धी नियमावलीको प्रारम्भिक खाका सार्वजनिक गर्दै बोर्डले चुक्ता पुँजी निर्धारण गरेको हो। नियमावलीलाई निष्कर्षमा पुर्‍याउन बोर्डले राय सुझाव लिने बताएको छ।

बोर्डले एसएमई कम्पनीको कारोबार सञ्चालन गर्न मेन बोर्ड र एसएमई प्लाटफर्म गर्ने जिम्मा भने एक्सचेनजलाई नै दिएको छ। जसअनुसार अहिले कै अवस्थामा पनि कम्पनीहरु दोस्रो बजारमा प्रवेश गर्न सक्नेछन्।

यस्ता कम्पनीले जारी पुँजीको ३० प्रतिशतभन्दा घटी र ४९ प्रतिशत भन्दा बढी नहुने गरी आइपीओ निष्काशन गर्नुपर्नेछ। पुँजी बढाउन हकप्रद पनि निष्कासन गर्न सक्नेछन्।

बोर्डले प्रिमियममा धितोपत्रको सार्वजनिक निष्काशन गर्न सक्ने व्यवस्था पनि उपलब्ध गराएको छ। वित्तीय विवरण अनुसार प्रति सेयर नेटवर्थको दुई गुणासम्म निष्कासन मूल्य तोक्न सक्नेछन्। जसका लागि कम्पनीको प्रति सेयर चुक्ता पुँजी भन्दा प्रति सेयर नेटवर्थ बढी हुनुपर्छ। र, औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङको ग्रेड प्राप्त गरेको हुनुपर्ने हुन्छ।

कम्पनीहरुको सेयर कारोबार टीएमएसबाटै हुनेछ। चाहेको खण्डमा सूचीकृत संगठित संस्थाले धितोपत्रको सूचीकरण स्वेच्छिक खारेज पनि गर्न सक्नेछन्।  

कम्पनीहरुको सर्वसाधारण सेयर पनि ५ वर्षसम्म बेच्न नपाइने भएको छ। धितोपत्र संगठित संस्थाले सर्वसाधारण समूहको लागि प्राथमिक सार्वजनिक निष्कासन गरी सेयर बाँडफाँट भएको मितिले ५ वर्षको अवधि पूरा नभई बिक्री गर्न नपाइने व्यवस्था नियमावलीमा छ। आम सर्वसाधरणले भने बेच्न पाउनेछन्।

तर, प्राइभेट इक्विटी, भेन्चर क्यापिटल, हेज फण्ड वा विशिष्टिकृत प्रकारको कोषले भने आफ्नो स्वामित्व एक वर्षको अवधि पूरा भएपछि बिक्री गर्न सक्नेछन्।