BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल राष्ट्रपतिको आर्थिक विज्ञमा नियुक्त

२०७९ चैत्र १५

राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल राष्ट्रपतिको आर्थिक विज्ञमा नियुक्त
राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल राष्ट्रपतिको आर्थिक विज्ञमा नियुक्त


काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको आर्थिक विज्ञमा डा. चिरञ्जीवी नेपाल नियुक्त भएका छन्। राष्ट्रपति पौडेलले बुधबार डा. नेपाललाई आर्थिक विज्ञ नियुक्त गरेका हुन्।

Tata
GBIME
NLIC

नेपाल राष्ट्र बैंकको १६औं गभर्नरको रुपमा नेपालले नियुक्ति पाएका थिए। 

गभर्नर हुनुअघि उनी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको आर्थिक सल्लाहकारसमेत थिए।

सल्लाहकार हुँदा हुँदै उनी गभर्नर नियुक्त भएका थिए। 

नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष समेत हुन्। उनी लामो समय अध्यापन पेसामा संलग्न थिए।