BIZMANDU
www.bizmandu.com

ह्वाट्सएपमार्फत ठगी गर्ने ९ जना चिनियाँ र १० जना नेपालीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गर्‍यो

२०७९ चैत्र १५

ह्वाट्सएपमार्फत ठगी गर्ने ९ जना चिनियाँ र १० जना नेपालीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गर्‍यो
ह्वाट्सएपमार्फत ठगी गर्ने ९ जना चिनियाँ र १० जना नेपालीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गर्‍यो

काठमाडौं। ह्वाट्सएपमार्फत ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

Tata
GBIME
Nepal Life

अनलाइन बिजनेसबाट ठुलो रकम फाइदा हुने भन्दै ‘टेलिग्राम’ मा ‘अपरेसन टिचर’ नामक च्यानल चलाएर कक्षा संचालन गरेर ठगी गरेको अभियोगमा प्रहरीले ९ जना चिनियाँ नागरिक र १० जना नेपाली नागरिकसहित १९ जनालाई पक्राउ गरेको हो।‍

पक्राउ पर्नेमा नेपाली नागरिकहरुमा बुद्धिराज श्रेष्ठ, इन्द्र तामाङ, राजकुमार लामा, प्रयास भण्डारी, अर्जुन श्रेष्ठ, अनिता मगर लगायत रहेका छन्। यस्तै, चिनियाँ नागरिक हुङ हुएरङ, छु फिजाङ, लान हेङवी, सि गुए यी, सि, सुआङ दी लगायत रहेका छन्।

काठमाडौंको विभिन्न स्थानमा घर भाडामा लिएर उनीहरुले ठगी धन्दा संचालन गरिरहेका थिए। उनीहरुको साथबाट प्रहरीले ४ लाख नगद, ७७ थान फोन, १२ थान ल्यापटप लगायतका सामान पनि फेला पारेको छ।