BIZMANDU
www.bizmandu.com

प्राइम कमर्सियल बैंकको ९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य १३० रुपैयाँ

२०७९ चैत्र १५

काठमाडौं। प्राइम कमर्सियल बैंकको विद्यमान संस्थापकले आफ्नो स्वामित्त्वमा रहेको ९ लाख कित्ता सेयर बिक्रीका लागि राखेका छन्। सेयर बोलकबोलबाट बिक्री गरिने भएको छ।

Tata
GBIME
NLIC

इच्छुक व्यक्ति तथा संस्था जोकोहीले सेयरका लागि बोलकबोल पेश गर्न सक्नेछ। सेयरको न्यूनतम मूल्य प्रति कित्ता १३० रुपैयाँ तय गरिएको छ। यस्तै कम्तिमा एक हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ।

चैत २१ गतेबाट बोलपत्र बुझाउन सकिनेछ। बोलपत्र बुझाउने अन्तिम म्याद चैत २९ गते हो।

बोलपत्र फारम सानिमा क्यापिटलबाट प्रप्त गर्न सकिनेछ। र, त्यहि बुझाउनु पर्नेछ।